आज मितिः २०८३ बैशाख ९ गते

नेपालले कतारलाई ३२ रनले पराजित ग¥यो

वैशाख २, आईतबार,

काठमाडौं-

एसीसी प्रिमियर कपमा नेपालले लगातार दोस्रो जित निकालेको छ। नेपालले आज दोस्रो खेलमा कतारलाई ३२ रनले पराजित गरेको हो।

नेपालले दिएको २११ रनको लक्ष्य पछ्याएको कतारले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १७८ रनमात्र बनाउन सक्यो। कतारका लागि कप्तान मोहम्मद तनवीरले सर्वाधिक ६३ रन जोडे पनि जितका लागि पर्याप्त हुन सकेन। मोहम्मद अह्नाफले २३, हिमान्शु राथोड २२ र अदनान मिर्जाले १९ रनको योगदान दिए।

बलिङमा नेपालका ललित राजवंशी, दीपेन्द्रसिंह ऐरी र गुल्सन झाले दुईदुई, अभिनास बोहरा र कुशल मल्लले एकएक विकेट लिए। यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २१० रन बनाएको थियो। नेपालका दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २१ बलमा ६४ रनको आक्रामक अविजित खेले। दीपेन्द्रले अन्तिम ओभरमा ६ छक्का प्रहार गरेका थिए। योसँगै उनी एकै ओभरमा ६ छक्का प्रहार गर्ने पाचौं खेलाडी बनेका छन्। उनले ओभरका हरेक बलमा छक्का प्रहार गरेका हुन्।

ओपनर आसिफ शेखले ५२, कुशल मल्लले ३५, कप्तान रोहित पौडेलले १८, सन्दीप जोराले ७, कुशल भुर्तेलले १२, गुल्सन झाले ५ र विवेक यादवले ५ रनको योगदान दिए। बलिङमा कतारका हिमान्शु राथोडले ३, मुशावर शाहले ३ र अमिर फारुकले एक विकेट लिए। नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेटले पराजित गरेको थियो।

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.