आज मितिः २०८३ बैशाख ९ गते

कोटेश्वरको स्कुटर दुर्घटनामा एक जनाको मृत्यु

वैशाख २, आइतबार,

काठमाडौँ-

काठमाडौँमा शनिबार भएको स्कुटर दुर्घटनमा एक जनाको मृत्यु भएको छ।

काठमाडौँ महानगरपालिका–३२ कोटेश्वर नजिक सडकमा तीनकुनेबाट कोटेश्वरतर्फ जाँदै गरेको बागमती प्रदेश ०२, ०२६ प ६००२ नम्बरको स्कुटर दुर्घटनामा परेको हो।

दुर्घटनामा स्कुटर चालक काठमाडौँ पेप्सीकोला बस्ने ५२ वर्षीय रामशरण केसीको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।

दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.