आज मितिः २०८३ बैशाख ९ गते

गुजरात टाइटन्सले राजस्थानलाई ३ विकेटले हरायो

चैत २९, बिहीबार

काठमाण्डौं-

इन्डियन प्रिमियर लिगको जारी संस्करणमा राजस्थान रोयल्सले पहिलो हार ब्यहोरेको छ। बुधबार राति गुजरात टाइटन्सले राजस्थानलाई ३ विकेटले पराजित गरेको हो।

जारी सिजनको चार खेलसम्म अविजित रहेको राजस्थानले गएराति १९६ रनको योगफल तयार पारेको अवस्थामा पनि पराजय ब्यहोरेको हो। राजस्थानले दिएको १९७ रनको लक्ष्य गुजरातले अन्तिम ओभरमा १५ रन प्रहार गरी पूरा गर्‍यो।

रसिद खानले तीन चौका प्रहार गरे। पाँचौं बलमा राहुल टेवाटिया रन आउट भएका थिए। अन्तिम बलमा २ रन आवश्यक रहेकोमा रसिद खानले चौका प्रहार गरी गुजरातलाई जित दिलाएका थिए।

११ बल खेलेका उनी ४ चौका प्रहारबाट २४ रन जोड्दै नट आउट रहे। कप्तान शुभमन गिलले ४४ बलमा ६ चौका र २ छक्का प्रहार गरी ७२ रन बनाए। ओपनर साई सुदर्शनले २९ बलमा ३ चौका र १ छक्का प्रहार गरी ३५ रन बनाए।

राहुल टेवाटियाले २२, विजय कुमारले १६ र शाहरूख खानले १४ रनको योगदान गरे। बलिङतर्फ राजस्थानका कुलदीप सेनले ३, युजवेन्द्र चाहलले २ र अवेश खानले एक विकेट लिए।

 

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.