आज मितिः २०८३ बैशाख ९ गते

नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

काठमाडौं-

ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको समूहगत चरणको आफ्नो अन्तिम खेलमा नेपालले साउदी अरेबियालाई ६ विकेटले हराएको छ। प्रतियोगितामा नेपालको यो लगातार चौथो जितसंगै सेमिफाइलमा पुगेको हो।

८ ओभरमा घटाइएको खेलमा साउदीले प्रस्तुत गरेको ७४ रन लक्ष्य नेपालले ७.२ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो। नेपाली टोली लिग चरणमा आफ्नो सबै खेल जित्दै आठ अंकसहित समूह ‘ए’ को विजेताका रूपमा प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।

नेपालसँग पराजित भएपछि साउदी अरेबिया भने समूहगत चरणबाटै घर फर्कन बाध्य भयो। नेपालले सेमिफाइनलमा कोसँग खेल्ने भने निर्णय भने समूह ‘बी’को आज साँझ हुने खेलको नतिजाले मात्र निर्धारण गर्नेछ।

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.