आज मितिः २०८३ बैशाख ९ गते

दिल्लीले गुजरातलाई ६ विकेटले हरायो

काठमाण्डौ –

इन्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेटमा दिल्ली क्यापिटल्सले तेस्रो जित निकालेको छ । गएराति भएको खेलमा दिल्लीले गुजरात टाइटन्सलाई ६ विकेटले हरायो । टस हारेर पहिलो ब्याटिङ गरेको गुजरातले दिएको ९० रनको लक्ष्य दिल्लीले ८ ओभर ५ बलमा ४ विकेट गुमाएर भेट्टायो ।

त्यसअघि गुजरात १७ ओभर ३ बलमा ८९ रन बनाउँदा अलआउट भएको थियो । उसका रसिद खानले सर्वाधिक ३१ रन बनाए । साई सुर्दशनले १२ र राहुल टावाटियाले १० रन बनाउनुबाहेक अरु कुनै पनि खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

जितसँगै ७ खेलमा ६ अङ्क रहेको दिल्ली तालिकाको छैटौँ र समान खेलमा समान ६ अङ्क नै रहेको गुजराज सातौँ स्थानमा छ । आईपीएल क्रिकेटमा आज पन्जाब किङ्ग्स र मुम्बई इन्डियन्स खेल्दैछन् । खेल बेलुका पौने ८ बजे शुरु हुनेछ ।

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.