आज मितिः २०८३ बैशाख ९ गते

गैँडाको आक्रमणबाट नेचर गाइडको मृत्यु

बैशाख २, आईतबार,

चितवन –

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक घुमाउन गएका नेचर गाइडको गैँडाको आक्रमणबाट मृत्यु भएको छ ।

शनिबार चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन केन्द्रदेखि पश्चिम क्षेत्रको मध्यवर्ती वन क्षेत्रमा पर्यटक घुमाउन लगेका गोरखा आरुघाट गाउँपालिका–८ पोखरी घर भई अहिले रत्ननगर नगरपालिका–६ सौराहा बस्ने ३२ वर्षका सुवास रेग्मीलाई गैँडाले आक्रमण गरेको हो ।

गैँडाको आक्रमणबाट घाइते रेग्मीको उपचारको क्रममा चितवन मेडिकल कलेजमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । रेग्मीसँग रहेका पर्यटक भने सकुसल रहेका छन् ।

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.