भुमिका शाहको रोधी घरमा भेट भयो मायालाई सार्बजनिक भएको छ । शाहको शब्द, लय , स्वर, निर्देशन अनि अभिनयमा रहेको यो गित यूट्युबमा हेर्न सकिन्छ । https://www.youtube.com/watch?v=MXMiwzfEmpI
काठमाडौं- सरकारले समस्याग्रस्त सहकारी संघसंस्था व्यवस्थापन समितिको अध्यक्षमा उच्च अदालतका पूर्वन्यायाधीश रमणकुमार गौतमलाई नियुक्त गरेको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले सहकारीका समस्या समाधानका लागि सहकारी संघसंस्थाको व्यवस्थापन समिति गठन गरेको हो । बैठकले वैशाख २८ गते शुक्रवार अपराह्न २ बजे संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेको छ । वैशाख २८ गते शुक्रवार अपराह्न २ बजे संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जापानी परराष्ट्रमन्त्री एचिएमएस कामिकावायोकोको वैशाख २३ गते हुने नेपाल भ्रमणको अवसरमा दुई पक्षीय वार्ताका लागि…
काठमाडौं- नेपाल पत्रकार महासंघको निर्वाचन जेठ १९ गतेका लागि तोकिएको छ। बिहीबार बसेको महासंघको केन्द्रीय समिति बैठकले केन्द्र, प्रदेश र जिल्ला समितिको मतपेटिका प्रत्येक शाखामा राखेर यसअघि झैँ विधान बमोजिम प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत देशैभर एकै दिन मतदान गर्ने निर्णय गरेको हो। बैठकले सदस्यता वैशाख मसान्तभित्र शुद्धीकरण समिति र संगठन समितिले टुंगो लगाउने निर्णय गरेको छ भने महाधिवेशनमा पेश हुने महासचिवको सांगठनिक र कोषाध्यक्षको आर्थिक प्रतिवेदन पारित गरेको छ ।
काठमाडौं- आफ्नो बोली र व्यवहारका कारण सामाजिक सञ्जाल टिकटकमा रुचाइएका प्यूठानका मीनबहादुर बुढामगर भेलु बाजे को निधन भएको छ। बिहीबार उपचारका क्रममा जिल्ला अस्पताल विजुवार प्यूठानमा उनको निधन भएको अस्पतालले जनाएको छ। भेलु बाजे केही महिना अघिसम्म सोसल मिडियामा चर्चित थिए। गत भदौमा उनकी ५९ वर्षीया श्रीमती बिस्ना बुढाको निधन भएको थियो। त्यसयता उनले निकै एक्लो र निराशाका कुरा गरिरहेको सोसल मिडियामा आएका भिडियोमा देख्न सकिन्थ्यो।
काठमाडौं- आज बिहीबार कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली भई बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित सामान्य वर्षाको सम्भावना छ। कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। कोशी, मधेश र लुम्बिनी प्रदेशका केही स्थानमा हावाहुरीको सम्भावना छ।
काठमाडौं- नेपाल क्रिकेट संघ क्यानले टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा गरेको छ। बुधबार नेपाली टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईले टिम घोषणा गरेका हुन्। रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा भएको छ। टी–२० विश्वकप आगामी जुन १ देखि अमेरिका र वेस्ट इन्डिजका विभिन्न शहरहरूमा आयोजना हुँदै छ। जुन २९ सम्म सञ्चानल हुने प्रतियोगिताको यस संस्करणमा नेपालसँगै कुल २० टिमको सहभागिता छ। नेपाली टिममा रोहितकुमार पौडेल, कुशल भुर्तेल, अनिल शाह, आसिफ सेख, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुल्सन झा, करन केसी, सोमपाल कामी, ललितनारायण राजवंशी, प्रतिश जीसी, अविनाश बोहरा, सन्दीप जोरा, सागर ढकाल, कमलसिंह ऐरी छन्।
काठमाडौँ- देशभर वन डढेलोको अवस्था विकराल बन्दै गइरहेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बुधबार ३९ जिल्लाका एक सय ६५ स्थानमा वन डढेलो लागिरहेको छ। वर्षा नभएमा अझै पनि वन डढेलो बढ्दै जाने भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन्। यता जल तथा मौसम विज्ञान विभागअन्तर्गत जल तथा मौसम पूर्वानुमान महाशाखाले भने तत्कालका लागि डढेलो नियन्त्रण हुने किसिमको वर्षा नहुने बताएको छ। महाशाखाका मौसमविद् गोविन्द झाले आगामी तीन दिनसम्म मुलुकको केही स्थानमा छिटफुट मात्रै वर्षाको सम्भावना भए पनि डढेलो नियन्त्रण हुने गरी पानी नपर्ने जानकारी दिए। “आगामी तीन दिनसम्म कोशी, गण्डकी, कर्णालीका केही पहाडी भेगमा आंशिक बदलीसहित छिटफुट…
चितवन- आप्mनो जन्मदिनको उपलक्ष्यामा रत्ननगरका एक युवाले साहाराको घरमा सहयोग गरेका छन् । रत्ननगर दोवाटोका युवा व्यवसायी तथा समाजसेवी सन्तोष लामाले त्यहाँ रहेका बालिकाहरुको लागि स्टेशनरी सामाग्रीको लागि आर्थिक रकम सहयोग गरेका हुन् । जन्मदिनको उपलक्ष्यमा साहाराको घरकी संञ्चालक कुसुम साहारा र अध्ययनरत बालिकाहरुले संयूक्त रुपमा जन्मदिनको आसिर्बाद दिए । उनिहरुले लामाको जन्मदिनको उपलक्ष्यमा दियोमा बत्ति बालेर खादा लगाई आसिर्बाद दिएका हुन् । संञ्चालक कुसुमले पछिल्लो समय देशमा खड्कि रहेको आर्थिक समस्याले साहाराको घरलाई पनि प्रतक्ष्य असर परेका बताईन् । उनले यसरी नै पूण्य कामको लागि सहयोग गर्नुहुनेहरुले साहाराको घरलाई केहि टेवा पुगेको जानकारी दिईन् । आफ्नो जन्मदिनको अवसरमा साहाराको…
काठमाण्डौ – नेपाल प्रहरीले वैदेशिक रोजगारीको सिलसिलामा रोमानिया, बुल्गेरिया, न्युजिल्यान्ड, सर्बिया, क्रोएशियालगायतका देशमा पठाउने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गरी धादिङको धुनीबेसी नगरपालिका–४ घर भएका रमेश बयलकोटी र कालीकोट घर भएका दर्शन नेपालीलाई सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देशमा पठाउने भनी चार सय २२ जनालाई ठगी गर्ने गिरोहमा संलग्नहरू पक्राउ परेका बताउनुभयो । उनीहरूले प्रतिव्यक्ति १० देखि १४ लाख रुपैयाँसम्म खर्च लाग्ने बताउने गरेको र शुरुमा ५० हजारदेखि तीन लाख रुपैयाँ…
काठमाण्डौं- नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेशनबाट डिजेल र पेट्रोलको मूल्यमा गिरावट भएर आएपछि नेपालमा पनि मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी डिजेल र मट्टितेलको मूल्य घटाइएको निगमले जनाउको छ । त्यस्तै, हवाई इन्धनमा भने मूल्य वृद्धि भएको छ । पेट्रोल र एलपी ग्यासको मूल्य यथावत राखिएको निगमले जनाएको छ ।