आज मितिः २०८३ बैशाख ९ गते

उद्दार अनलाईन

564 Posts
बोलेरो दुर्घटनामा एक बालकसहित दुई जनाको मृत्यु

बोलेरो दुर्घटनामा एक बालकसहित दुई जनाको मृत्यु

काठमाण्डौं- बुधबार बेलुका पाल्पामा भएको बोलेरो जिप दुर्घटनामा परी एक जना बालकसहित दुई जनाको मृत्यु भएको छ। यस्तै दुर्घटनामा परी अन्य १३ जना घाइते भएको प्रहरीले जनाएको छ।   नवलपुर जिल्लाको अरूणखोलाबाट पाल्पा आउदै गरेको लु १ ज ३३२४ नम्बरको जिप दुर्घटनामा निस्दी गाउँपालिका–४ का ६ वर्षीय राजिव सुनारी र सोही वडाका २० वर्षीय तेजन सोमैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए।   उनीहरुको उपचारका क्रममा गएराति मृत्यु भएको हो। उक्त जिपमा सवार अन्य १३ जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। यस्तै जिपका चालकसहित अन्य १० जनाको…
Read More
उच्च अदालतको फैसलापछि सन्दीपलाई विश्वकप खेल्न पठाउने क्यानको निर्णय

उच्च अदालतको फैसलापछि सन्दीपलाई विश्वकप खेल्न पठाउने क्यानको निर्णय

काठमाडौँ- उच्च अदालत पाटनले बलात्कार मुद्दामा सन्दीपलाई सफाइ दिएसँगै क्यानले विश्वकप खेल्न पठाउने भएको छ । क्रिकेटर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ क्यानले आईसीसी टी २० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको हो । बलात्कार मुद्दामा उच्च अदालत पाटनबाट सफाइ पाएका क्रिकेटर सन्दीप लामिछानेले समर्थकसामु अझै देशलाई अगाडि बढाउने प्रतिक्रिया दिएका छन् । फैसलापछि समर्थकहरुले नाराबाजी गर्दै सन्दीपको खुशीयाली मनाएका थिए । उनले सन्दीपलाई प्रतिक्रिया दिन भनेपछि सन्दीपले भने–‘देशलाई जहाँसम्म पुर्‍याएको थिए, अब अझै अगाडि पुर्‍याउने छु ।   यस्तै सन्दीपले अदालतको फैसलालाई सम्मान गरेर अगाडि बढ्ने बताए । उनले अहिलेसम्म फसाएर दोषी करार गरिएको भन्दै यो लडाईमा…
Read More
पेट्रोलको मूल्य सात रुपैयाँ घट्यो, ग्यासको यथावत्

पेट्रोलको मूल्य सात रुपैयाँ घट्यो, ग्यासको यथावत्

काठमाडौं- नेपाल आयल निगमले पेट्रोल, मट्टितेल र डिजेलको मूल्य घटाएको छ। निगम सञ्चालक समिति बैठकले पेट्रोलमा प्रतिलिटर ७ र मट्टितेल तथा डिजेलमा प्रतिलिटर ६/६ रुपैयाँ मूल्य घटाउने निर्णय गरेको हो। अब पेट्रोल उपत्यकामा १७१ र डिजेलरमट्टितेल लिटरको १५४ रुपैयाँ पर्नेछ। यसअघि पेट्रोल प्रतिलिटर १७८ र डिजेलरमट्टितेल लिटरको १५९ रुपैयाँ थियो। घटेको मूल्य बुधबार राति १२ बजेदेखि लागू हुनेछ। ग्यासको मूल्य भने यथावत् रहेको छ।    
Read More
स्वास्थ्य सेवा पाउनु प्रत्येक नागरिकको मौलिक अधिकार हो-उप प्रमुख चित्रसेन अधिकारी

स्वास्थ्य सेवा पाउनु प्रत्येक नागरिकको मौलिक अधिकार हो-उप प्रमुख चित्रसेन अधिकारी

आशिष अधिकारी / भरतपुर-   भरतपुर महानगरका उप प्रमुख चित्रसेन अधिकारीले स्वास्थ्य सेवा पाउनु प्रत्येक नागरिकको मौलिक अधिकार भएको बताउनु भएको छ । भरतपुर २९ जुगेडी स्थित कविलास स्वास्थ्य चौकिको बुधबार भवन शिलन्यास गर्नुहुदै नगर उप प्रमुख अधिकारीले सबै नागरिकलाई स्वस्थ्य भएर बाच्नपाउनु पर्ने अधिकारको प्रबन्ध सबिधानले गरेको प्रष्ट पार्नुभयो । भरतपुर २९ ग्रामीण भेगका आम नागरिकलाई स्वास्थ्य सेवा प्रदान गराउने उदेश्यले भरतपुर महानगरपालिकाले कविलासमा स्वास्थ्य चौकि निर्माण गर्ने तयारी गरेको हो । सघिय सरकारको ३८ लाख लगानीमा उक्त स्वास्थ्य चौकी निर्माण हुनेछ । भरतपुर २९ मा स्वास्थ्य चौकी निर्माण भएपछि त्यस क्षेत्रका झण्डै ४ हजार नागरिकहरु प्रत्यक्ष स्वास्थ्य सेवाबाट…
Read More
चितवनको रत्ननगरमा गर्भवतीलाई निःशुल्क भिडियो एक्स–रे, इसिजी सेवा

चितवनको रत्ननगरमा गर्भवतीलाई निःशुल्क भिडियो एक्स–रे, इसिजी सेवा

चितवन- चितवनको रत्ननगर नगरपालिकाले गर्भवती महिलालाई हरेक वडा–वडामा निःशुल्क भिडियो एक्स–रे, इसिजी तथा प्रयोगशाला सेवा सञ्चालन जारी राखेको छ । गत चैत ८ गतेदेखि वडा नं–८ बाट सुरू भएको यो सेवा प्रत्येक महिनाको १ गतेदेखि १६ गतेसम्म बिदाको दिनमा समेत सञ्चालन गर्दै आएको स्वास्थ्य शाखाका अधिकृत वासुदेव सापकोटाले जानकारी दिए । चुनावी अभियानमा मेयरका उमेदवार प्रलाद सापकोटाले गर्भवती महिलाका लागि वडा–वडामा निःशुल्क ल्याब सेवा सञ्चालन गर्ने प्रण गरेका थिए । सोही प्रतिबद्धताबमोजिम नगरपालिकाभित्रका करिब एक हजार ६ सय गर्भवती महिलालाई लक्षित गरी निःशुल्क भिडियो एक्स–रे, इसिजी तथा प्रयोगशाला सेवा सञ्चालन गरिएको नगरप्रमुख सापकोटाले बताए । ‘नगरभित्रका गर्भवती महिला र पेटभित्रको…
Read More
अन्तर्राष्ट्रिय पोल्ट्री एक्सपो चितवनमा हुने

अन्तर्राष्ट्रिय पोल्ट्री एक्सपो चितवनमा हुने

चितवन- चितवनमा अन्तर्राष्ट्रिय पोल्ट्री एक्सपो हुने भएको छ । नेपाल पोल्ट्री महासंघ र इण्डिया पोल्ट्री इक्युमेन्ट एशोसियसनको आयोजनामा यही जेठ १८ गतेदेखि २० गतेसम्म एक्सपो हुन लागेको हो । पोल्ट्री क्षेत्रको विकासका लागि एक्सपो आयोजना गर्न लागिएको आज भरतपुरमा आयोजित पत्रकार सम्मेलन मार्फत महासंघले जानकारी दिएको छ ।   पन्ध्र देशका बिज्ञान प्रविधि तथा बिज्ञहरुको उपस्थिति भरतपुरस्थित औधोगिक प्रर्दशनी केन्द्रमा हुनेछ । एक्सपोमा विदेशी प्रविधि र स्वदेशी प्रविधिका बिषयमा बिज्ञहरुलाई बोलाएर पाठशाला संचालन गरिने नेपाल पोल्ट्री व्यवसायी महासंघका अध्यक्ष गुणचन्द्र बिष्टले जानकारी दिनुभयो ।   चितवनमा २०५२ सालमा पहिलोपटक पोल्ट्री एक्सपो गरिएको थियो । त्यसपछि यहाँ पोल्ट्री क्षेत्र विस्तार हुँदै…
Read More
डेढ अर्ब हिनामिना गर्ने प्राइम सहकारीका आठ जना पक्राउ

डेढ अर्ब हिनामिना गर्ने प्राइम सहकारीका आठ जना पक्राउ

कास्की- पोखरा महानगरपालिका(४ गैहपाटनस्थित प्राइम बहुउद्देश्यीय सहकारी संस्थाको डेढ अर्ब हिनामिना गर्नेहरुलाई प्रहरीले पक्राउ गरेको छ। सहकारी रजिष्ट्रारको कार्यालय पोखराका अनुसार उक्त सहकारीका अध्यक्ष, पूर्वपदाधिकारी तथा सञ्चालक समितिका पदाधिकारीले निक्षेपकर्ताको रु एक अर्ब ५४ करोड १५ लाख आठ हजार एक सय ४२ अपचलन गरेका छन्। सहकारीका सञ्चालक समितिका पदाधिकारी समेतले निक्षेपकर्ताको बचत रकम फिर्ता नगरेको उजुरीपछि कास्की प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ परेकाहरुलाई अनुसन्धान प्रक्रिया अघि बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्त शर्माले जानकारी दिए। पक्राउ पर्नेमा सहकारीका अध्यक्ष पोखरा-१४ चाउथेका ४३ वर्षीय शङ्कर कार्की, निर्वतमान अध्यक्ष पोखरा-४ गैहपाटनका ६६ वर्षीय निदेशप्रसाद कोइराला, सहकारीका…
Read More
हेड्स नेपालको ३१ औं स्थापना दिवसको सप्ताहव्यापी कार्यक्रम आजबाट शुरु

हेड्स नेपालको ३१ औं स्थापना दिवसको सप्ताहव्यापी कार्यक्रम आजबाट शुरु

काठमाण्डौं- वि.सं.२०५० जेठ १ गते स्थापना भएको हेड्स नेपालको सप्ताहाव्यापि कार्यक्रम आजबाट शुरु भएको छ । आज जेठ १ गते विचारशाला, अन्तरक्रिया कार्यक्रम सामुदायिक संघको कार्यालय बनस्थलीमा रामकृष्ण शर्माको नेतृत्वमा हुदैछ । त्यस्तै आज नै शुभकामना आदानप्रदान तथा बेलुकि हेड्स नेपालको प्राङ्गण, शिवालय मन्दिरमा दीप प्रज्ज्वलनको कार्यक्रम अध्यक्ष र महासचिवको नेतृत्वमा रहने हेड्स नेपालका संस्थापक प्रमुख प्रतापराज वन्तले जानकारी दिनुभयो । जेठ २ गते बिरामीलाइ फलफूल वितरण जेष्ठ नागरिक वा बाल कक्षमा दुर्गा मानन्धरको नेतृत्वमा रहेको छ । त्यस्तै जेठ ३ गते हेड्स नेपाल विगतका समीक्षा र अवको मार्गचित्रबारे राधेकृष्ण बचत तथा सहकारीको कार्यालय बनस्थलीचोकमा विहान अन्तरक्रिया कार्यक्रम प्रमुख संस्थापक…
Read More
राष्ट्रपति रामचन्द्र पौडेलले आज नीति तथा कार्यक्रम सार्वजनिक गर्दै

राष्ट्रपति रामचन्द्र पौडेलले आज नीति तथा कार्यक्रम सार्वजनिक गर्दै

काठमाडौं- सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम आज मंगलबार सार्वजनिक हुँदैछ। राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीइ संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्। सरकारको वार्षिक बजेट अघि संघीय संसद्को दुवै सदनमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अभ्यास छ। सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा, ९५ बमोजिम आज ३ बजे राष्ट्रपति पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्। संघीय संसद्का सबै सदस्यलाई दिनको २ः४५ बजेभित्र औपचारिक पोसाकमा उपस्थिति भई आ–आफ्नो आसन ग्रहण गरिसक्न भनिएको छ।  
Read More
वर्षाका कारण गुजरात र कोलकाताको खेल रद्द, बाहिरियो गुजरात

वर्षाका कारण गुजरात र कोलकाताको खेल रद्द, बाहिरियो गुजरात

काठमाण्डौ – इन्डियन प्रिमियर लिग क्रिकेटमा गुजरात टाइटन्स र कोलकाता नाइट राइडर्सबीचको खेल रद्द भएको छ । लगातारको वर्षाका कारण टस पनि नभई गएरातिको खेल रद्द भएको हो । खेल रद्द भएपछि गुजरात र कोलकाताले १–१ अङ्क बाँडेका छन् । यो सँगै गुजरात शीर्ष चारमा रहेर प्लेअफ पुग्ने सम्भावना नरहेपछि प्रतियोगिताबाट बाहिरिएको छ । गुजरातले १३ खेलमा ५ मा जित र ७ मा हार बेहोरेर ११ अङ्क जोडेको थियो । कोलकाता भने प्लेअफ पुग्ने पक्का भएको छ । १३ खेलमा १९ अङ्क भएको कोलकाता तालिकाको शीर्ष स्थानमा छ । आईपीएलमा आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जाएन्ट्स खेल्दैछन् ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.