अफ्रिकाविरुद्ध नेपालले खेल जित्न ११६ रनको लक्ष
काठमाडौं- आइसिसी टी–२० विश्वकपमा दक्षिण अफ्रिकाविरुद्ध नेपालले खेल जित्न ११६ रनको लक्ष पाएको छ। शनिबार सेन्ट भिन्सेन्टमा रहेको आर्नोस भले ग्राण्ड किंग्सटाउनमा टस हारेर ब्याटिङमा उत्रेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११५ रन बनाएको हो। दक्षिण अफ्रिकाका लागि कप्तान एडेन मार्क्रमले २२ बलमा १५ रन बनाए। उनले २ चौका प्रहार गरे। क्वीन्टन डी ककले ११ बलमा १० रन जोडे। उनले एक चौका हाने। रिजा हेन्डरक्सिले ४९ बलमा सर्वाधिक ४३ रन बनाए। यसक्रममा उनले ५ चौका र १ छक्का प्रहार गरे। नेपालका लागि कुशल भुर्तेलले ४ विकेट लिए। दीपेन्द्र सिंह ऐरीले ३ विकेट लिए। सन्दीप…