आज मितिः २०८३ बैशाख ६ गते

इस्लाम धर्मालम्बीहरुको पर्व बक्र ईदको अवसरमा सोमबार सार्वजनिक बिदा

काठमाडौं-

सरकारले आगामी असार ३ गते सोमबार परेको इस्लाम धर्मालम्बीहरुको पर्व बक्र ईद(उल–अजहा)का अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

गृह मन्त्रालयले एक सूचना जारी गरी बक्र ईदका अवसरमा बिदा दिने निर्णय गरेको हो।

गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जारी गरेको उक्त सूचनामा गत माघ २९ गते नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार उक्त पर्वका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको उल्लेख छ।

 

 

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.