आज मितिः २०८३ बैशाख ६ गते

उद्दार अनलाईन

564 Posts
अत्यधिक मदिरा सेवनले चितवनमा एक महिला मृत फेला

अत्यधिक मदिरा सेवनले चितवनमा एक महिला मृत फेला

चितवन- चितवनको राप्ती नगरपालिका–४ राई टोलमा एक महिला मृत फेला परेकी छन् ।   अत्यधिक मदिरा सेवन गर्ने स्थानीय ६५ वर्षीय झिम्सी राई आइतवार दिउँसो मृत फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । आइतबार बिहान घरबाट हिँडेकी राई घरबाट करिब ८०० मिटर टाढा मकैबारीमा मृत फेला परेकी हुन् । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।    
Read More
देशका केही भू–भागमा हल्कादेखि भारी वर्षाको सम्भावना

देशका केही भू–भागमा हल्कादेखि भारी वर्षाको सम्भावना

काठमाडौं- जल तथा मौसम विज्ञान विभागका अनुसार देशका केही भू–भागमा आगामी तीन दिन वर्षा हुनेछ। कोशीदेखि लुम्बिनी प्रदेशसम्म हल्कादेखि भारी वर्षाको सम्भावना रहेको छ। विभागका अनुसार आज बिहानैदेखि केही स्थानमा वर्षा भइरहेको छ। कोशी, वाग्मती र कर्णाली प्रदेशका थोरै स्थानमा साथै गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना छ। मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको…
Read More
८ देशका राजदूतहरू नियुक्तिमा लागि सिफारिस

८ देशका राजदूतहरू नियुक्तिमा लागि सिफारिस

काठमाडौं- सरकारले ८ देशमा राजदूतहरू नियुक्तिका लागि सिफारिस गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले भारत, डेनमार्क, बेलायत, मलेसियासहित ८ देशका राजदूतहरू नियुक्तिका लागि सिफारिस गरेको हो। पूर्वमुख्य सचिव लोकदर्शन रेग्मीलाई भारतका लागि राजदूत सिफारिस गरेको छ। रेग्मी यसअघि बेलायतका राजदुत पनि बनेका थिए। त्यस्तै अमेरिकाका लागि चन्द्र घिमिरे, दक्षिण कोरियाका लागि सुशील प्याकुरेल, डेनमार्कका लागि सुम्निमा तुलाधर, बेलायतका लागि डा विजन पन्त, स्पेनका लागि पुष्पराज रन्जितकार, मलेसियाका लागि नेत्रप्रसाद तिमल्सिना र साउदी अरबका लागि अबुसुफ्यान खान मुसलमानलाई सिफारिस गरिएको छ।
Read More

डेंगु संक्रमण देशैभर फैलियो, यस्तो छ लक्षण र बच्ने उपाय

काठमाडौं- हाल डेंगु संक्रमण देशैभर फैलिएको छ। डेंगु संक्रमितको संख्या पछिल्लो ६ महिनाभित्रमा एक हजार २ सय ४१ पुगेको छ भने संक्रमण ७२ जिल्लामा फैलिएको छ। बढी डेंगु फैलिएका १० जिल्लामा काठमाडौंमा एक सय ४१ जना, झापामा एक सय १२ जना, चिवतनमा ७५, मकवानपुरमा ५९, डोटीमा ४७, तनँहुमा ४६, सिन्धुपाल्चोकमा ४४, ओखलढुंगामा ४१, रुपन्देहीमा २८ र भक्तपुरमा २७ जना संक्रमित भेटिएका छन्। प्रादेशिक रुपमा हेर्दा सबैभन्दा बढी बागमतीमा ४ सय २८ जना, कोशीमा २ सय ८५, गण्डकीमा १ सय ८८, लुम्बिनीमा १ सय ४८, सुदुरपश्चिममा १ सय ४०, मधेश प्रदेशमा ३४ र कर्णालीमा १८ जनामा संक्रमण देखिएको छ। -डेंगुका लक्षणहरू…
Read More
८ सय २५ शिक्षकले पार्टी सदस्यता त्यागे

८ सय २५ शिक्षकले पार्टी सदस्यता त्यागे

काठमाडौं-   शिक्षामन्त्री सुमना श्रेष्ठले आफ्नो निर्देशनपछि ८ सय २५ जना शिक्षकले राजनीतिक दलको सदस्यता त्यागेको बताएकी छन्। मन्त्रालयको जिम्मेवारी सम्हालेको सय दिनमा प्राप्त उपलब्धि सार्वजनिक गर्दै मन्त्री श्रेष्ठले दलीय हस्तक्षेपले गुणस्तरीय शिक्षामा नकारात्मक प्रभाव पार्ने भएकाले शिक्षा क्षेत्रलाई दलीय राजनीतिमुक्त बनाउने निर्णयबाट पछि नहट्ने बताइन्। उनले दलीय सदस्यता लिएका ८२५ शिक्षकले सदस्यता त्याग गरेको, ४५ शिक्षक विरुद्ध मन्त्रालयमा उजुरी आएकामा ४१ जनासँग स्पष्टीकरण लिइएको र चार जनाले सफाइ पाएको बताइन्। “गुणस्तरीय शिक्षाका लागि हामी सबैले आआफ्नो क्षेत्रबाट सकारात्मक सहयोग गर्नुपर्ने आवश्यकता छ। मैले नेतृत्व सम्हालेपछि त्यही भावनाका साथ काम शुरू गरिएको छ। त्यसको परिणाम पनि बिस्तारै देखिन थालेको छ।…
Read More
दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय

दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय

बाठमाण्डौं- चिकित्सा शिक्षा आयोगले दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय गरेको छ। आयोगका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा मंगलबार बसेको बैठकले झापामा रहेको सो कलेजलाई सम्बन्धन दिने निर्णय गरेको हो। गएको चैत १२ गते सर्वोच्च अदालतले उक्त मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश दिएको थियो। न्यायाधीशहरु कुमार चुडाल र सारंगा सुवेदीको इजलासले बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश दिएको हो। सर्वोच्चको आदेशपछि काठमाडौँ विश्वविद्यालय कार्यकारी समितिको जेठ २७ गते बसेको बैठकले सम्बन्धन दिन आयोगलाई सिफारिससहित पत्राचार गरेको थियो।  
Read More
पहाडी जीवन ( मन्दाक्रान्ता छन्द कविता )

पहाडी जीवन ( मन्दाक्रान्ता छन्द कविता )

पहाडी जीवन (मन्दाक्रान्ता छन्द )   क्वैली उड्दा कुहुकुहु गरी बज्छ पाखाेपखेराे । राख्ने छैनन् प्रकृति जननी भाव तेरो र मेरो ।। धेरै राम्राे वन छ हरियो दाँज्न सक्तैन भाइ । पाना पाेत्नै कठिन अहिले लाग्न थाल्याे मलाई ।।१।।   गट्टा ठट्टा जमपिङ चुँगी भुल्न साह्रै छ गाह्राे । बस्ती मेरो सहर नभई गाउँ हाे गाउँ प्यारो ।। सेतैसेताे घरभरि कुवा दिन्छ क्या मिष्ट पानी । छम्छम् नाच्छिन् प्रकृति तरुनी गाउँकी फूल रानी ।।२।।   भुल्छन् पीडा सब पथिकका छन्द गाना सुनेर । दिन्छिन् रानी प्रकृतिपनकी फूलमाला उनेर ।। बालीनाली लहलह गरी झुल्छ साैन्दर्य छाई । आफैँ फुर्छन् फुरुरु कविता गाउँ घुम्दा मलाई ।।३।।  …
Read More
नेपाल बंगलादेशसँग २१ रनले पराजित

नेपाल बंगलादेशसँग २१ रनले पराजित

काठमाडौ- आईसीसी टी-२० विश्वकप क्रिकेटको अन्तिम खेलमा नेपाल बंगलादेशसँग २१ रनले पराजित भएको छ। बंगलादेशले दिएको १०७ रनको लक्ष्य पछ्याएको नेपालले १९.२ ओभरमा ८५ रन बनाएर अलआउट भयो। अब नेपाल एक अंक जोड्दै विश्वकपबाट बाहिरिएको छ भने अब स्वदेश फर्किने भएको छ। बंगलादेशले भने अब विश्वकपको सुपर ८ प्रवेश गरि सकेको छ।
Read More
पहिरोले मुग्लिन मलेखु राजमार्ग अवरुद्ध

पहिरोले मुग्लिन मलेखु राजमार्ग अवरुद्ध

काठमाण्डौं-   पृथ्वी राजमार्गको मुग्लिन मलेखु खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका(३ स्थित मौवाखेला नजिकै पहिरो जाँदा राजमार्ग अवरुद्ध बनेको छ ।   सडक निर्माणका क्रममा खनेका ठाउँमा सोमबार विहान पहिरो खस्दा राजमार्गमा सवारी साधान आवत जावत रोकिएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख निरला भण्डारीले जानकारी दिए । उनले अहिले पहिरो पन्छाउने काम जारी रहेको बताउनुभयो । पहिरोका कारण गन्तव्यमा हिँडेका सवारीसाधन बाटोमा नै रोकिएका छन् । फाईल तस्विर
Read More
आज बकर इद देशभर मनाइँदै

आज बकर इद देशभर मनाइँदै

काठमाडौं - मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद आज देशभरका मस्जिदमा मनाइँदै छ ।   इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने चलन छ । दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मिरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्छ । हिजरी संवत् अनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको हो । मुस्लिम धर्म गुरु ९मौलाना० रहमत अली…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.