अमेरिकाका पूर्वी र पश्चिमी तटीय क्षेत्रमा शक्तिशाली आँधीका कारण सयौँ हवाई उडान रद्द भएका छन् ।
त्यहाँ एक हजारभन्दा बढी उडान ढिला भएका बीबीसीले जनाएको छ ।
आँधीका कारण ९ लाखभन्दा बढी घरधुरीमा विद्युत् सेवा अवरुद्ध भएको छ । अमेरिकामा थ्याङ्क्सगिभिङ पर्व मनाइरहेका बेला आएको खराब मौसमले यातायात तथा हवाई सेवामा ठूलो असर पारेको हो ।
बिदाको अवसरमा ८ करोडभन्दा बढी मानिसले यात्रा गर्ने अनुमान गरिएको छ । पूर्वी तटीय क्षेत्रमा शक्तिशाली आँधी अघि बढिरहेको छ ।
भर्जिनिया क्षेत्रमा प्रतिघण्टा ७० देखि ८० माइलसम्मको गतिमा हावाहुरी चलेको खबरमा उल्लेख छ । प्रतिकूल मौसमका कारण न्यूयोर्कमा आयोजना हुने प्रसिद्ध ‘मेसीज थ्याङ्क्सगिभिङ डे परेड’ पनि भोलिसम्मका लागि स्थगित गरिएको छ ।
न्युयोर्कका मेयर जोहरान माम्दानीले शक्तिशाली आँधी आउने चेतावनी दिँदै हावाहुरीका कारण रुखका हाँगा र बिजुलीका तार खस्ने जोखिम रहेको बताएका छन् । आँधीका कारण थप क्षति हुन सक्ने भन्दै स्थानीय अधिकारीहरूले सतर्क रहन आग्रह गरेका छन् ।