आज मितिः २०८३ मंसिर १२ गते

पुलिसलाई हराउँदै आर्मी फाइनलमा

काठमाण्डौ –

झापा महिला गोल्डकपमा साविक विजेता नेपाल पुलिस क्लबलाई हराउँदै त्रिभुवन आर्मी फुटबल क्लब फाइनलमा पुगेको छ ।

झापाको दूधे रङ्गशालामा विहिबार भएको दोस्रो सेमिफाइलनमा आर्मीले पुलिसलाई १–० गोलले हरायो । आर्मीकी चन्द्रा भण्डारीले गोल गरेकी हुन् ।

उपाधिका लागि अब आर्मीले फाइनलमा पहिलो संस्करणको उपविजेता एपीएफ फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ । हिजो भएको पहिलो सेमिफाइनलमा झापा–११ लाई २–० गोलले हराउँदै एपीएफ फाइनलमा पुगेको हो ।

फाइनल खेल भोली शनिवार हुनेछ । दोस्रो संस्करणको झापा महिला गोल्डकपको विजेताले ११ लाख तथा उपविजेताले ५ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

प्रतियोगिताको उत्कृष्ट एक खेलाडीले १ लाख ५० हजार तथा उत्कृष्ट गोलकिपर, मिडफिल्डर, डिफेन्डर, सर्वाधिक गोलकर्ता र प्रशिक्षकले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.