आज मितिः २०८३ मंसिर १२ गते

मलेसिया ठगी प्रकरणमा पूर्वमुख्यसचिव अर्याल भारतबाट पक्राउ

काठमाडौं-


नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०ले ठगीसम्बन्धी कसुर तथा संगठित अपराधमा अनुसन्धानका लागि पूर्वमुख्यसचिव एकनारायण अर्याललाई भारतबाट पक्राउ गरेको छ । तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका दुई पूर्वमन्त्री, एक पूर्वसचिव, दुई सहसचिव र एक उपसचिव पक्राउ पर्नुअघि नै पक्राउ पुर्जीको सुइँको पाएर भारत पुगेका पूर्वमुख्यसचिव अर्याललाई प्रहरीले भारतबाटै पक्राउ गरेको हो ।

पूर्वमुख्यसचिव अर्याललाई बिहीबार मोरङको विराटनगरस्थित नेपाल–भारत सीमाक्षेत्रबाट पक्राउ गरिएको भन्दै सिआइबीले थप अनुसन्धान भइरहेको जनाएको छ । बिहीबार अदालतमा पेस गर्न समय अभावले नभ्याएको भन्दै शुक्रबार अदालतमा पेस गरेर म्याद लिने सिआइबीका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर जबराले जानकारी दिए ।

पूर्वमुख्यसचिव अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार, काठमाडौंको पत्र तथा विकास रानाभाटसमेतको जाहेरीका आधारमा अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ । नेपाल सरकार वादी र कैलाश खड्कासमेत प्रतिवादी रहेको ठगीसम्बन्धी कसुर तथा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गतको कसुरमा मलेसिया सरकार र नेपाल सरकारबीच भएको सम्झौताविपरीत गैरकानुनी रूपमा ठगी गरी संकलन गरिएको रकम पठाउने गैरकानुनी काम गरेको आरोप उनीमाथि छ ।

८३ लाख ७० हजार ४३९।९२ अमेरिकी डलर र ३७ लाख १७ हजार ९८०।८० बेलायती पाउण्ड गरी जम्मा १ अर्ब ६९ करोड २ लाख २४ हजार २६ रुपैयाँ बराबरको रकम सम्झौताको दायरा र कानुनी प्रक्रियाविपरीत अधिकार क्षेत्र नाघेर बदनियतपूर्वक विदेशी मुद्रा अपचलन गराएको जनाएको छ ।

यसबाट अर्यालले देशको अर्थतन्त्र प्रतिकूल हुने गरी मुद्रा सञ्चितीकरणमा नोक्सानी हुने निर्णय गरेको सिआइबीले बताएको छ । अर्याल संगठित समूहको लाभका लागि जानीजानी आफ्नो पदीय जिम्मेवारी तथा कर्तव्यविपरीत श्रमिकहरूलाई संगठित रूपमा ठगी गर्ने कार्यमा मौन रही कानुनी उपचार नगरी–नगराई गैरकानुनी रूपमा संकलन भएको रकम मलेसिया पठाउने निर्णय गर्ने कार्यमा संलग्न रहेको प्रहरीको भनाइ छ ।

निजामती सेवा सुधारका पर्यायका रूपमा चिनिएका अर्याललाई नेपाल सरकारले संविधान दिवस २०७९ को अवसरमा वैदेशिक रोजगारी तथा आन्तरिक श्रम क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै सुकीर्तिमय राष्ट्रदीप पदकबाट विभूषितसमेत गरेको थियो । अर्याल २०४६ सालमा नायब सुब्बाबाट निजामती सेवामा प्रवेश गरेका हुन् । उनी २०५१ फागुन ४ गते शाखा अधिकृत, २०५८ मा उपसचिव, २०६७ मा सहसचिव र २०७६ मा सचिव भएका थिए ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.