चितवन-
भरतपुर महानगरपालिका वडा नं. १ र चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समिति नेपालको सह-आयोजनामा तीनदिने हर्बल स्याम्पु बनाउने तालिम कार्यक्रम सुरु भएको छ ।
बुधबार चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समिति नेपालका अध्यक्ष लाल बहादुर भट्ट तथा प्रमुख अतिथि भरतपुर महानगरपालिका वडा नं. १ का वडा अध्यक्ष केशव महर्जनले संयूक्त रुपमा कार्यक्रम उद्घाटन गर्नु भयो ।
विशेष अतिथिका रूपमा चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरन्जिबि सुबेदि तथा वडा नं. १ का सचिव कृष्णप्रसाद सिग्देलको उपस्थिति रहेको थियो।
तालिममा प्रशिक्षकका रूपमा धनकुटाबाट आउनुभएकी प्रशिक्षक सञ्जु सुवेदी तथा चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समितिका कार्यसमिति सदस्य विनु लामा श्रेष्ठले प्रशिक्षण दिनु भएको थियो। सस्थाका महासचिव मित्र लाल पाण्डेको संचालनमा रहेको कार्यक्रममा सस्थाका उपाध्यक्ष ईश्वर राज अधिकारीले उपस्थित सम्पूर्ण विच स्वागत मन्तव्य राख्नु भयो ।
कार्यक्रममा सँस्थाकी उपाध्यक्ष सिता अधिकारी आजिबन सदस्य तथा चितवन सेवा समाज मलेसियाकी सचिब राधिका क्षेत्री लगायत तालीममा सहभागीका लागी भारतपुर वार्ड न.१ का महिला दिदीबहिनीहरूको उल्खेखनीय उपस्थिती रहेको थियो। कार्यक्रमलाई प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरूले सम्बोधन गर्नु भएको थियो ।
प्रमुख अतिथिका भरतपुर वडा नं. १ का वडा अध्यक्ष केशव महर्जनले यस किसिमका तालिमले वड़ाका महिला दिदी बहिनीहरूलाई सीप र ज्ञान हासिल गर्नुका साथै आगामी दिनमा स्वरोजगार तथा उद्यमशीलताको क्षेत्रमा समेत अघि बढ्ने अवसर प्राप्त गर्नु हुने हुदा वड़ाको आर्थिक सहयोगमा यस्ता कार्यक्रमहरु संचालन गर्दै आएको बताउनु भयो । विशेष अतिथि चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरन्जिबि सुबेदी महिला दिदीबहिनीहरूलाई यस किसिमका तालीम कार्यक्रमले उद्यमशीलताको क्षेत्रमा योगदान र आय आर्जन एवं स्वरोजगार रही आत्मनिर्भर रहने र स्थानीय उत्पादनमा समेत टेवा पुग्ने हुदा यस्ता तालीमको छुट्टै महत्त्व रहेको कुरा व्यक्त गर्नु भयो ।
तालिम तीन दिन सम्म सञ्चालन हुने अध्यक्ष लाल बहादुर भट्टले जानकारी दिनु भयो ।