आज मितिः २०८३ मंसिर ११ गते

सरकारको सातै प्रदेशमा प्रादेशिक ‘ट्रमा सेन्टर’ स्थापना गर्ने योजना

Uddar News

काठमाण्डौ –

सरकारले सातै प्रदेशमा प्रादेशिक ‘ट्रमा सेन्टर’ स्थापना गर्ने भएको छ ।स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले गाडी दुर्घटना तथा अरु विपद्बाट घाइते हुने नागरिकलाई सहज र गुणस्तरीय उपचार सेवा उपलब्ध गराउने उद्धेश्यले ‘ट्रमा सेन्टर’ स्थापना गर्ने योजना बनाउने बताएकी हुन् ।

राष्ट्रिय ट्रमा सेन्टरको १३औँ स्थापना दिवसका अवसरमा मन्त्री मेहताले उपकरण, दक्ष जनशक्ति, बहुविषयगत चिकित्सक टोली र प्रभावकारी व्यवस्थापनसहित प्रादेशिक ट्रमा सेन्टर स्थापना गर्ने बताईन्।

देशभर एउटै आकस्मिक नम्बर १०२ मार्फत सेवा प्रवाह गर्न सङ्घीय तथा सातै प्रदेशका स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रलाई २४ सै घण्टा क्रियाशील बनाइएको मन्त्री मेहताले जानकारी दिईन् ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.