आज मितिः २०८३ बैशाख ३० गते

बाख्रामा पनि भ्रष्टाचार वडाध्यक्ष र इन्जिनियरसहित तीन जनालाई कैद 

काठमाण्डौ-

 

नगरपालिकामा बाख्रा तथा च्यापकटर मेसिन वितरणका नाममा भ्रष्टाचार गरेको ठहर गर्दै तत्कालीन वडाध्यक्ष र इन्जिनियरसहित तीन जनालाई कैद र जरिवानाको फैसला सुनाएको छ।

 

 

मंगलबार विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्टराई तथा सदस्यहरू हेमन्त रावल र उमेश कोइरालाको इजलासले उक्त फैसला गरेको हो ।

 

अदालतले तत्कालीन वडाध्यक्ष दुर्गाप्रसाद राय, इन्जिनियर रन्जित कुमार यादव र सहकारी अध्यक्ष संजु कुमारी यादवलाई जनही १ वर्ष कैद र ४ लाख ९२ हजार ५ सय रुपैयाँ जरिवाना हुने फैसला सुनाएको हो । उनीहरूबाट जनही १९ हजार ७ सय रुपैयाँका दरले क्षतिपूर्ति शुल्क असुल गरी पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसला सुनाएको छ ।

 

 

त्यस्तै कुल बिगो रकम १४ लाख ७७ हजार ५ सय रुपैयाँ रहेकोमा तीनै जनाबाट दामासाहीले ९बराबर० असुल उपर गरिने फैसलामा उल्लेख छ ।

 

 

सोही मुद्दामा आरोपी रहेका तत्कालीन लेखापाल शिव कुमार झा, पशु प्राविधिक राजकिशोर सल्हैता, पलवी ठाकुर र रौतित ठाकुरलाई भने अदालतले सफाइ दिएको छ ।

 

 

उनीहरूको संलग्नता पुष्टि हुने पर्याप्त वस्तुनिष्ठ आधार र प्रमाण नभेटिएकाले उनीहरूले आरोपदाबीबाट सफाइ पाएका हुन् ।

 

धनुषाको सबैला नगरपालिका वडा नम्बर ८ का तत्कालीन वडाध्यक्ष दुर्गाप्रसाद राय, नगरपालिकाका तत्कालीन इन्जिनियर रन्जित कुमार यादव र अर्चना कृषि सहकारी संस्थाकी अध्यक्ष संजु कुमारी यादवको आपसी मिलेमतोमा भ्रष्टाचार भएको पुष्टि भएको छ।

 

उनीहरूले बाख्रा, पाठा, खसी र च्यापकटर मेसिन खरिदै नगरी झुट्टा बिल भरपाई खडा गरी रकम भुक्तानी लिएको र किसानलाई वितरण समेत नगरेको पाइएको छ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.