आज मितिः २०८३ बैशाख ३० गते

यस्तो रहनेछ आजको मौसम

काठमाडौं-

हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायूको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार बिहान गण्डकी प्रदेश लगायत देशका पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लागेको छ। बाँकी भू-भागमा आंशिक बादल लागेको महाशाखाले जनाएको छ।

 

 

आज दिउँसो सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू-भागका केहि स्थानहरूमा तथा बाँकी पहाडी र हिमाली भु-भागका थोरै स्थानहरूमा भने मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

 

सोमबार राति देशको पहाडी र हिमाली भू-भागमा साधारणतया र तराई भू-भागमा आंशिक बादल लाग्ने महाशाखाको पूर्वानुमान छ।

 

राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी हिमाली तथा पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जनर/चट्याङ्ग सहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.