आज मितिः २०८२ फाल्गुन २१ गते

नेपाली कांग्रेसको जनकपुरधाममा आयोजना मधेस जनसभाको तयारी तीब्र 

चितवन-

नेपाली कांग्रेसले फागुन ६ गते बुधबार जनकपुरधाममा आयोजना गर्न लागेको विशाल मधेश जनसभाको तयारी तीब्र बनाएको छ।

 

 

विशेषगरी मधेश केन्द्रित रहेको उक्त जनसभामा पार्टी सभापतिसहित केन्द्रीय समितिका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

 

नेपाली कांग्रेस निर्वाचन प्रचार प्रसार समिति संयोजक नितेश कुमार गुप्ताका अनुसार कार्यक्रम जनकपुरधामको तीरहुतीया गाछिमा दिउँसो १२ बजेदेखि सुरु हुनेछ।

 

जनसभा कार्यक्रमको प्रमुख अतिथि गगन कुमार थापा रहनेछन भने मधेश प्रदेशका मुख्यमन्त्री एवम प्रदेशका सभापति कृष्णा प्रसाद यादवले अध्यक्षता गर्नेछन्।

 

प्रचार प्रसार समिति संयोजक गुप्ताका अनुसार जनसभा कार्यक्रममा जेनजी युवाहरुको माग सम्बोधन सहितको प्रतिज्ञा पत्र सार्वजनिक गरिनेछ।

 

 

कार्यक्रममा मधेश प्रदेशका ३२ वटै निर्वाचन क्षेत्रका उम्मेदवारहरुको उपस्थिति रह्ने संयोजक गुप्ताले जानकारी दिए। उनले लाखौंको संख्यामा नेता, कार्यकर्ता तथा समर्थकहरुको उपस्थिति रहने दाबी गरे।

 

नेपाली कांग्रेसले चुनाव केन्द्रित तथा पार्टी र संगठन मजबुत बनाउने अभियान तहत मधेश जनसभा गर्न लागेको संयोजक गुप्ताले बताए।

 

कार्यक्रम व्यवस्थापनका निम्ति जिल्ला तथा वडाका सभापतिहरुको विशेष बैठक नेपाली कांग्रेसको मधेश प्रदेश पार्टी कार्यालयमा बसेको छ।

 

उक्त बैठकमा कार्यक्रम सफल एवम व्यवस्थित बनाउनका लागि जिम्मेवारी तोकिएको प्रचार प्रसार संयोजक गुप्ताले बताए। उनले भोलि आधिकारिक रुपमै तयारी सम्बन्धि पत्रकार सम्मेलनमार्फत जानकारी गराउने बताए।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.