आज मितिः २०८३ बैशाख ८ गते

व्यक्ति र निहित स्वार्थका लागि राजनीति गर्दा समस्या – मन्त्री घिसिङ

चितवन –

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले व्यक्ति र निहित स्वार्थका लागि राजनीति गर्दा समस्या हुने बताएका छन्।

उनले समाज परिवर्तन र जनसेवाका लागि राजनीति गर्नुपर्ने बताएका छन्।

उज्यालो नेपाल पार्टी चितवनको जिल्ला भेलामा उनले अब समाज परिवर्तन र विकासका लागि केन्द्रीत हुनुपर्ने आवश्यकता औंल्याए।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री घिसिङले भने, ुकसैलाई गाली गरेर हुँदैन, आफ्नो कर्ममा लाग्नुहोस्। राजनीतिलाई आफ्नो पेसा नभइ समाज सेवामा लगाउन आवश्यक छ। अबको राजनीति सेवा समर्पित हुनुपर्छ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य डा आशुतोष विजय पन्त, रिमा विश्वकर्मा, सीता पाण्डे, समिर केसी, नारायण समाजसेवी लगायतले पछिल्लो राजनीतिक परिवर्तनका लागि गरेको योगदानलाई रक्षा गर्दै नयाँ शक्तिका रूपमा आफूहरू आएको बताए।

बागमती प्रदेश संयोजक प्रवीन तामाङको अध्यक्षतामा सम्पन्न भेलाले समिर केसीलाई संयोजकमा चयन गरेको छ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.