आज मितिः २०८३ बैशाख ५ गते

रास्वपा नेतृ स्वस्तिका लामिछानेलाई मलेसियामा स्वा

क्वालालम्पुर-

प्रवास नेपाली सम्पर्क विभाग मलेसियाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सदस्य स्वस्तिका लमिछानेलाई मलेसियामा स्वागत गरेको छ ।

आफ्ना माता–पितासहित पारिवारिक भ्रमणमा सिंगापुर, मलेसिया जाने क्रममा उनलाई मलेसियामा स्वागत गरिएको हो ।

लामिछानेको मलेसिया बसाइका क्रममा विभिन्न काम–व्यवसायमा संलग्न रहेका रास्वपाका शुभचिन्तकहरू मलेसियाका विभिन्न राज्यबाट उपस्थिति जनाएका थिए ।

परिचयात्मक भेटघाट तथा आपसी सद्भाव आदानप्रदान गर्ने क्रममा लामिछानेले वर्तमान देशको राजनीति अवस्थाको बारेमा जानकारी दिनु भयो भने रास्वपा मलेसियाका सभापति नेत्र केसीले मलेसियामा रास्वपाको गतिविधिको बारेमा प्रष्ट पार्नु भयो । मलेसियाको सबै राज्यमा शाखा विस्तार गर्ने सभापति केसीले जानकारी दिनुभयो।

भेट्घाट कै क्रममा लामिछानेले सहभागी सबैप्रति आभार प्रकट गर्दै विदेशमा रहेर नेपाली समुदायले देखाएको माया, सद्भाव र समर्थन आफूलाई ठूलो प्रेरणा भएको बताउनु भयो।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.