आज मितिः २०८३ बैशाख ५ गते

यस्तो छ आज२०८२ भदौ १० गतेको राशिफल 

 

मेष :

बोलेको कुरा पुर्‍याउन नसक्दा सहकर्मी तथा आफन्तबाट तपाईको आलोचना हुनेछ। स्वास्थ्यमा समस्या आउनेछ। व्यापारमा मन्दी आउनेछ। पढाइ लेखाइमा मन जानेछ भने नतिजा आफैतिर ल्याउन सकिनेछ।

 

बृष :

राजनीतिकर्मी तथा समाजसेवीहरुले जनताको काम गरी नाम कमाउन सक्नेछन्। नोकरिमा सहकर्मिहरुलाई पछी पार्दै राम्रा काम गरी सम्मान पाउने योग रहेकोछ। अन्य क्षेत्रमा गरिएको लगानीमा मन्दि आउनेछ।

 

मिथुन :

व्यापारी,बिद्यार्थी तथा सामाजिक काम गर्नेहरुका लागी समयले साथ दिनेछ। समय तथा कामको तालमेल नमिल्दा अरुभन्दा पछी परिनेछ। अध्ययनमा मन नजानाले नतिजा अरुकै पोल्टोमा पर्नेछ। खानपानमा ध्यान दिनुहोला।

 

कर्कट :

पढाइ लेखाइमा मन जानेछ। व्यापार व्यावसाय फस्टाएर जानेछ। मन परेको वस्तु प्रयोग गर्न पाईनाले मन प्रशन्न हुनेछ। आम्दानी बढाउन सकिनेछ। साझपख कष्टकर यात्रा नहोला भन्न सकिन्न।

 

सिंह :

शुभचिन्तक तथा परिचित व्याक्तीबाट सहयोग जुट्नाले काम गर्न सहज हुनेछ। कार्यक्षेत्रमा राम्रो काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ। पुराना विवादलाई मिलाउन सकिने छ। अध्ययनमा मन जानेछ।

 

 

कन्या :

आर्थिक भार पर्न सक्छ। व्यापार व्यावसायमा नाँफा कमाउन निकै नै समय खर्चनु पर्नेछ। माया प्रेममा धोका हुनेछ भने आस्वासन बाढ्नेहरु सक्रिय हुनेछन्। व्यापार व्यवसाय फस्टाएर जानेछ भने अन्य क्षेत्रमा गरिएको लगानीमा मन्दि आउनेछ।

 

तुला :

नतिजा आफ्नो पक्षमा पार्न सकिनेछ। लगानी गर्नको लागी केहि समय कुर्नुनै राम्रो हुनेछ। आफन्तबीचको सम्बन्धमा मनमुटाव सिर्जना हुनेछ।। स्वास्थ्यमा समस्या आई उपचार खर्च बढ्ने योग रहेकोछ।

 

वृश्चिक :

पढाइ लेखाइमा मन जाने तथा अरुलाई पछी पार्दै नतिजा आफुतिर ल्याउन सकिनेछ। भौतिक सम्पत्ति तथा उपहार प्राप्ति हुन सक्छ। खानपानमा ध्यान दिनुहोला

 

धनु :

साथीभाई तथा ईष्टमित्रबाट सहयोग पाईने हुनाले व्यवसायमा लगानी बढाई आम्दानी गर्न सकिनेछ। न्यायिक निर्णयहरु तपाईँकै पक्षमा हुनेछन्। पढाइ लेखाइमा मन जाने तथा थोरै समय दिदा पनि नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ।

 

मकर :

महत्वपूर्ण उपलव्धीहरु गुम्न सक्छ ध्यान दिनुहोला। प्रेममा रमाउन चाहनेहरुका लागी समय मध्ययम रहेकोछ। व्यापारमा लगानी गर्नको लागी केही समय पर्खनु राम्रो हुनेछ। स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला।

 

कुम्भ :

मनग्गे धन आर्जन गर्न सकिनेछ। प्रेममा आजको दिन नजिक नहुँदा नै राम्रो हुनेछ। परिवारको सदस्यको स्वास्थ्यमा समस्या आउन सक्छ। साझपख समय राम्रो रहेकोले अध्ययनमा मन जाने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ।

 

मीन :

व्यापार व्यवसाय फस्टाएर जानेछ। विवादित विषयहरु हल भएर जानेछन् भने न्यायिक निर्णयहरु तपाईँकै पक्षमा आउनेछ। उत्कृष्ट नतिजा हासिल गर्न सकिनेछ। साझपख आफन्तसँग मनमुटाब बढ्न सक्छ ध्यान दिनुहोला।

 

 

 

 

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.