आज मितिः २०८३ बैशाख ११ गते

आज २०८१ साउन ४ गते आईतबार यस्तो रहेको छ राशिफल

मेष-
दाजुभाइको प्रगतिको समाचार सुन्न पाइन्छ। ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ। प्राविधिक र सृजनात्मक सफलता मिल्नेछ। व्यवसायिक क्षेत्रबाट राम्रो लाभ प्राप्त हुनेछ।

बृष –

धनागमको सङ्केत छ। शरीर फूर्तिलो भएको महसुस हुनेछ। परिणाममुखी काममा लगानीको समय छ। चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ।

मिथुन –

नयाँ काम सुरु गर्ने समय छ। व्यापारमा मनग्ये धनलाभ हुनेछ। परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला। रोकिएका काम पुनः सुरु हुन सक्छन्।

कर्कट –

आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। गरेका कामबाट राम्रै लाभ हुनेछ। श्रमको उचित मूल्याङ्कन हुनेछ। पढाइमा प्रगति हुनेछ।

सिंह-

आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो। पारिवारिक सुख मिल्नुका साथै अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ। आर्थिक पक्ष सुदृढ बन्नेछ। व्यवसायिक क्षेत्र लाभप्रद रहने छ।

कन्या –

परिश्रमको प्रतिफल ढिलो गरी प्राप्त हुनेछ। सामान्य कुरामा रुमलिनु राम्रो हुँदैन। जिम्मेबारी वहन गर्नु पर्नेछ, उत्साहपूर्वक काम गर्नुहोला। घरपरिवारमा सामान्य छ।

तुला –

मनमा उत्साह र उमङ्गको कमी देखिने छ, शत्रुहरूको गतिविधिले आत्मबल घटाउन सक्छ, सचेत रहनु होला। मातापिता र अभिभावक वर्गसँग सामीप्यता राख्न सके राम्रो हुन्छ क्ष् सामाजिक प्रतिष्ठा कायम राख्न थोरै बोलेको जाति हुन्छ।

वृश्चिक –

पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ। बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ। जग्गाजमिनको कारोबार गर्दा राम्रो प्रतिफल आउन सक्छ। सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ।

धनु –

परिवारजनको साथले नयाँ आशा पलाउनेछ। रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। विगतको श्रमबाट राम्रै लाभ हुनेछ। सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ।

मकर –

सङ्कटको सामना गर्दै उपलब्धी हासिल गर्नु पर्नेछ। सवारी साधन हाँक्दा अपनाएको सचेतताका कारण चोटपटकबाट जोगिनु हुनेछ। लामो यात्राको सम्भावना छ। लगशीलतापछि गरिएको कामबाट लाभ हुने सम्भावना छ।

कुम्भ –

ठूलो लाभ लिन नसकिए पनि व्यावसायिक यात्राको सम्भावना छ। घरायसी परिबन्दका लागि चाहिने धनको जोहो हुनेछ। दाम्पत्य जीवनमा एक किसिमको निरसता आउन सक्छ। आज काममा ढिलासुस्ती देखिन सक्छ, तर आम रूपमा बेफाइदा हुँदैन।

मीन –

तर्क, विवाद र प्रतिस्पर्धामा पकड भएको राम्रो दिन छ। अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ। आर्थिक र व्यवसायिक समस्या समाधान हुनेछन्। स्वास्थ्य सबल रहने छ।

ज्योतिष- विवेक पाण्डेय

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.