आज मितिः २०८३ बैशाख ६ गते

गोरखाका स्मरण ढकालको मिर्गौला प्रत्यारोपणका लागि आर्थिक सहयोग हस्तान्तरण

गोरखा-

गोरखाको भिमसेनथापा गाउँपालिका-५ बगुवा निवासी १० बर्षीय स्मरण ढकालको दुबै मिर्गौलामा समस्या देखिएको छ । डाक्टरका अनुसार दुबै मिर्गौलाले काम गर्दैन त्यसैले मिर्गौला प्रत्यारोपणको लागि अहिले आर्थिक सहयोग जुटि रहेको छ ।

उनको कान्ति बाल अस्पताल काठमाडौंमा निरन्तर उपचार भइरहेको उनका बुबा शंकर ढकालले जानकारी दिनु भयो । जटिल रोग र महंगो उपचार पद्धतिले गर्दा चर्को आर्थिक भार परेकाले सहयोगको याचना गरिएको छ। सबैले आर्थिक मानवीय सहयोग गरिदिनुहुन तथा सम्भावित सहयोगमा समन्वय र पहल गरिदिनुहुन उनले अनुरोध गरेका छन्।

युवा समाजसेवी रामचन्द्र पोखरेल मार्फत दैनिक राम्रो आर्थिक संकलन भई रहेको छ भने यता संघसंस्था र विदेशबाट पनि सहयोग प्राप्त भएको छ ।

चितवनमा लामो समयदेखि रेष्टुरेण्ट व्यवसाय गर्दै आउनु भएका समाजसेवी रामचन्द्र श्रेष्ठको पहलमा ४३ हजार ६ सय ७५ रुपैया संकलन गरि हस्तान्तरण गर्नु भयो । त्यस्तै बगुवा चितवन सेवा समाज चितवनबाट रु २० हजार अध्यक्ष ठाकुर प्रसाद भट्टले तथा डाण्डाडा टोल सुधार समितिबाट अध्यक्ष दुर्गा प्रसाद ढकालबाट हस्तान्तरण गरिएको छ ।

उनकोसहयोगका लागि क्यूआरमा रकम जम्मा गर्न सकिने छ ।

कार्यक्रममा वडा अध्यक्ष होम बहादुर बरामु, शान्ति माविका प्रधानाध्यापक, सिताराम भट्ट, बासुदेव भट्ट, काजिराम ढकाल,राम भट्टराई,दीपक भट्ट लगायतको उपस्थिती रहेको थियो ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.