आज मितिः २०८३ बैशाख ५ गते

रत्ननगर–९ नम्बर वडाका स्थानियलाई कर सम्बन्धि सचेतना

१९ जेठ, रत्ननगर ।
रत्ननगर ९ मा कर (राजश्व) सम्बन्धि सचेतना कार्यक्रम गरिएको छ । सचेतना कार्यक्रमलाई रत्ननगर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्साल, करदाता सेवा कार्यालय, खैरहनीका सुचना अधिकारी चन्द्र अर्याल, रत्ननगर नगरपालिकाका राजश्व शाखा प्रमुख लिलानाथ अर्यालले सहजीकरण गर्नुभएको थियो । कार्यक्रम मार्फत रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले कर भनेको के हो ?, करका प्रकार, नगरपालिकाले कर लगाउन सक्ने कानुनी आधार, रत्ननगर राजपत्र, घरवहाल कर, नक्सापास, चारकिल्ला प्रमाणित, आयश्रोत कर, पर्यटन सेवा कर तथा सरसफाई कर लगायतका विषयमा सहजीकरण गर्नुभएको थियो ।

करदाता सेवा कार्यालय, खैरहनीका सुचना अधिकारी चन्द्र अर्यालले सोहि कार्यक्रम मार्फत करदाता शिक्षा प्रदान गर्नुभएको थियो । अर्यालले प्यान र भ्याट साथै जरिवाना सम्बन्धि प्रावधानको बारेमा स्पष्ठ पार्नुभयो । त्यस्तै कार्यक्रमका अर्का सहजकर्ता रत्ननगर नगरपालिकाका राजश्व शाखा प्रमुख लिलानाथ अर्यालले राजश्व सम्बन्धि जानकारी साथै कर संकलनको महत्वको बारेमा बताउनुभएको थियो ।

कार्यक्रममा टोल विकास संस्थाका प्रतिनिधि साथै अन्य संघ संस्थाका ५० बढी स्थानियको सहभागिता थियो । सहभागीहरुले कर सम्बन्धि जिज्ञासा साथै आफुहरुले संचालन गरेका व्यवसायको कर सम्बन्धि जटिलताको बारेमा जिज्ञासा राख्नुभएको थियो । वडाध्यक्ष अनन्त अधिकारीले आज आयोजना गरिएको कार्यक्रमले वडावासीहरुको कर सम्बन्धि अन्यौलता चिर्ने विश्वास व्यक्त गर्नुभएको थियो । रत्ननगर नगरपालिका ९ नम्बर वडाकार्यालयका सचिव सुर्य प्रसाद ढुंगानाले संचालन गर्नुभएको कार्यक्रममा वडा सदस्य सुष्मा खड्काथोकीले स्वागत मन्तव्य त्यस्तै वडासदस्य कमानसिंह चौधरीले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रम वडाध्यक्ष अनन्त अधिकारीको अध्यक्षतामा भएको हो ।

 

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.