आज मितिः २०८३ बैशाख ६ गते

आज हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं-

हाल देशमा मुख्यतया स्थानीय वायु तथा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ।

सोमबार बिहान पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था छ। पछिल्लो ६ घन्टायता कोशी प्रदेशका एक-दुई स्थानमा बाहेक अन्य स्थानमा वर्षा भएको छैन।

सोमबार दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भू(भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मूख्यतया सफा देखि आंशिक बदली रहने पूर्वानुमान छ।

कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू(भागका थोरै स्थानहरूमा र बाँकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जनरचट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षार हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.