आज मितिः २०८३ बैशाख ६ गते

गृह मन्त्रालयले भन्यो निषेधित क्षेत्र तोडे कारबाही

 

काठमाडौं-

गृह मन्त्रालयले राप्रपाको आजको प्रदर्शनमा निषेधित क्षेत्र तोडे कारबाही गर्ने चेतावनी दिएको छ।

गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले शनिबार विज्ञप्ति जारी गर्दै निषेधित क्षेत्र संविधान र कानुन उल्लंघन गर्ने कुनै पनि गतिविधि सैहृय नहुने स्पष्ट पारेका छन्।

राप्रपाले राजतन्त्र पुनर्स्थापनाको माग राखेर चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। कानुनबमोजिम तोकिएका निषेधित क्षेत्र तोड्ने भनी राप्रपाका नामबाट सार्वजनिक समाचार र अभिव्यक्तिप्रति पनि गम्भीर ध्यानाकर्षण भएको गृह मन्त्रालयले जनाएको छ।

गृहले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘संविधान र कानुनको ठाडो उल्लंघन गर्न प्रोत्साहित गर्ने र समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सहृय नहुने र यस्तो गतिविधिमा संलग्न हुने जोसुकैलाई कानुनबमोजिम कारबाही हुने व्यहोरा सुचित गरिन्छ । साथै समाजमा हिंसा फैलाउने कुनै पनि अराजक, उत्तेजक र गैरकानुनी क्रियाकलापमा संलग्न नहुनसमेत गृह मन्त्रालय सबैमा अनुरोध गर्दछ ।’

यसअघि बल्खुमा चैत २६ गते राप्रपाले विरोधसभा गरेको थियो। त्यसअघि चैत १५ मा मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा भएको प्रदर्शन भड्किएर हिंसात्मक रुप लिएपछि त्यही दिन राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र सांसद एवं पार्टी महामन्त्री धवलशमशेर राणालाई प्रहरीले पक्राउ गरेको थियो। उनीहरु अहिले पनि प्रहरी हिरासतमा छन्।

आफ्ना दुई नेतासहित चैत १५ को तीनकुने प्रदर्शनका क्रममा पक्राउ परेका सबैलाई बिना शर्त रिहा गर्न राप्रपाले माग गर्दै आएको छ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.