आज मितिः २०८३ बैशाख ९ गते

रास्वपाको ‘जनयात्रा’ शुभारम्भ चितवनबाट

चितवन-

चितवनबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘जनयात्रा’ शुभारम्भ गरेको छ । पार्टीको केन्द्रीय समितिको बैठकको निर्णय अनुसार शनिबार चितवनबाट जनयात्रा कार्यक्रमको शुभारम्भ गरेको हो ।

पार्टीका उपसभापति, सांसद, केन्द्रीय सदस्य लगायतले भरतपुर– १० को गेष्ट हाउस चौरमा एकमुष्ट रुपमा जनयात्रा शुभारम्भ गरेका हुन् । उनीहरूले घण्टी बजाएर जनयात्रा शुभारम्भ भएको घोषणा गरेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका उपसभापति स्वर्णिम वाग्लेले सरकारले बदला लिने नियतले आफ्नो पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गरिएको बताउनुभयो । उहाँले सेखी झार्ने र बदला लिने नियतले नै रवि लामिछानेलाई रातारात बेडरूमबाट पक्राउ गरिएको जिकिर गर्नुभयो । ’यसअघि हिरासतमा राख्दा पनि यस्तै गरिएको थियो। त्यसैलाई पुनरावृत्त गर्न खोजिएको छ,’ उहाँले भन्नुभयो ।

 

कार्यक्रममा सांसद हरि ढकालले आफ्ना सभापति रवि लामिछानेको ‘अन्तिम इच्छा’ सुनाएका सुनाउनुभएको थियो । उहाँले सभापति लामिछानेलाई राज्यले ५/७ वर्षदेखि नै लखेटिरहेको जिकिर गर्नुभयो । टिभी हुँदा कोठाबाटै समातेर ल्याए । चितवनले सशक्त विद्रोह गरिदियो । वर्षौं पहिला नै रविलाई चितवनले न्याय दिलायो,’ उहाँले भन्नुभयो । उहाँले चितवनबाटै यसअघि रविले न्याय पाएको उल्लेख गर्दै उहाँले अन्तिम इच्छा’ के छ भन्ने पनि चितवनबाटै सुनाउने बताउनुभयो ।

अर्का नेता बिराजभक्त श्रेष्ठले सभापति लामिछाने पक्राउ परेपनि पार्टीका गतिविधि नरोकिने बताउनुभयो । उहाँले कार्यकर्तालाई बेतिथिका बिरुद्ध डटेर लाग्न आग्रह गर्नुभयो ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.