आज मितिः २०८३ बैशाख ९ गते

घाँटीमा मासु अड्किएर अछाममा एक जनाको मृत्यु

अछाम-

 

अछाममा घाँटीमा मासु अड्किएर अछाममा एक जनाको मृत्यु भएको छ।

साँफेबगर नगरपालिका–५ नवाठाना निवासी ४२ वर्षीय डम्मर कुँवरको मृत्यु भएको हो।

चैतेदसैँको अवसरमा गाँउमा काटेको खसीको मासु पकाएर खाने क्रममा कुँवरको घाँटीमा अड्किँदा बेहोस भएका उनको उपचारका लागि न्याय हेल्थ अस्पताल बयलपाटा पुर्‍याइएको थियो।

उपचारका क्रममा शनिबार दिउँसो कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घटनाका बारेमा थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय साँफेबगरबाट प्रहरी निरीक्षक उमेशबहादुर चन्दको नेतृत्वमा प्रहरी टोली उक्त स्थानतर्फ गएको छ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.