आज मितिः २०८३ बैशाख १० गते

गहुँबारीमा पसेको बाघलाई नियन्त्रणमा ल्याए

Uddar News

कञ्चनपुर-

जिल्लाको दक्षिणी क्षेत्र बेलौरी गहुँबारीमा पसेको बाघ तेस्रो दिन नियन्त्रणमा लिएको छ। शुक्रबार १५ चैत्रमा बेलौरी नगरपालिका( २, टेटुवा बिमला चौधरीको गहुँबारीमा पसेको बाघ आइतबार दिउँसो नियन्त्रणमा लिएको हो।

डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख रामबिहारी ठाकुरले बाघ नियन्त्रणका लागि शनिबार प्राविधिक टोली टेटुवा गाउँ गएको बताए। उनका अनुसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका दुई हात्ती, राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक टोलीले डार्ट गरेर नियन्त्रणमा लिएको बताए। ‘बाघ फेला परेको स्थानबाट वन प्राविधिक टोलीले नियन्त्रणमा लिएको छ, ‘उनले भने, ‘हाम्रो पहिलो प्राथमिकता निकुञ्जमै छाड्ने हो, अब सरोकारवालासँग छलफल गरेको अघि बढ्छौँ।’

यसअघि गत वर्ष वैशाख र गत साउनमा गाउँ पसेको बाघले मानिसको ज्यान लिएपछि चिडिया खानामा राखिएको थियो। यद्यपि अहिले भेटिएको बाघले मानिसमाथि आक्रमण गरेको छैन, तर एक घरपालुवा जनावरको सिकार गरेको छ।

बाघ नियन्त्रणमा नआउँदासम्म त्रसित भएका जनता अब ढुक्क भएका छन्।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.