आज मितिः २०८३ बैशाख ६ गते

कालिमाटीमा दुई समूहबीच झगडा हुँदा एक जनाको मृत्यु

काठमाडौं-

काठमाडौंको कालिमाटीमा दुई समूहबीच झगडा हुँदा एक जनाको मृत्यु भएको छ।

सोमबार राति साढे ७ बजेतिर काठमाडौं महानगरपालिका(१४ कालिमाटीस्थित एलआरआई स्कुल नजिकै दुई समूहबीच झडप भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

दुई समूहबीच होलीमा भएको विवादलाई लिएर सोमबार झडप भएको हो। रोहित खड्का, विनय लामा र पर्वित श्रेष्ठले रड, खुकुरी र मुक्का प्रहार गर्दा एक जनाको मृत्यु भएको छ। तीन जना घाइते भएका छन्।

मृत्यु हुनेमा काठमाडौंको ढुंगेअड्डा बस्ने २२ वर्षीय अभय गोले रहेका छन्। उनको टाउकोमा गहिरो चोट लागेको थियो।

नागढुंगा बस्ने २३ वर्षीय सन्दिप भुजेल, हेटौंडा घर भई हाल पुरानो नैकाप बस्ने २२ वर्षीय चक्रे भन्ने पवन तामाङ र पासाङ शेर्पा घाइते छन्। उनीहरूको पनि टाउकोमा चोट लागेको छ।

कुटपिट गर्नेहरूमध्ये रोहित पक्राउ परेका छन् भने अरू दुई जना फरार छन्।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.