आज मितिः २०८३ बैशाख ६ गते

एनआरएनए यूकेमा घले पक्षीय पुन: गहामगर चयन

लन्डन –

 

एनआरएनए यूकेमा घले समूहको नेतृत्वमा पुन: प्रेम गाहामगर चयन भएका छन्। बेलायतको अल्डरसटस्थित द प्यालेसमा आइतबार सम्पन्न एकता अधिवेशनले गाहामगरको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।

 

 

गाहामगर नेतृत्वमा आगामी दुई वर्षे कार्यकाललाई निर्वाचित ४२ सदस्यीय एनआरएनए यूके कार्यसमितिको उपाध्यक्षमा अनिल मल्ल, रिचर्ड गुरुङ, डा ओसिन लिम्बु, धन तामाङ र झलक पुन, महासचिवमा जुरेन्द्र खजुम, सचिवद्वयमा कृष्णप्रसाद खतिवडा र धिरज राई, महिला सचिवमा श्रीमती जानुका राई, कोषाध्यक्ष आवेश राई, सहकोषाध्यक्ष सुरेश केसी, महिला संयोजक मणिकला गुरुङ र युवा संयोजक विशाल राई छन्।

 

 

 

त्यसैगरि, कार्यसमिति सदस्यहरूमा किशोरकुमार गुरुङ, सिमनी श्रेष्ठ, विनय दाहाल, कुलप्रसाद कँडेल, निशान पन्धक, रञ्जन राजवंशी, कमलराज तामाङ, मेखसिङ गुरुङ, सोम श्रेष्ठ, दिवराज राई, एन्जिला लिम्बु, सालबहादुर गुरुङ, एन्डी राई, विजय गुरुङ, त्रिप्रसाद पुन, प्रेम कोरङ्गी, निकेश लिम्बू, अन्ड्रियास राई, श्रीमती कल्पना कन्डङ्वा निर्वाचित भएका छन् ।

 

 

त्यस्तै आइसीसी सदस्यमा लीला सेलिङ, ओमप्रसाद थापा, डा। बलराम ढकाल, शारदा गुरुङ, युवराज सिंह, कुमार थापा मगर, प्रवेश केसी, अमृत घले, फूलप्रसाद कँडेल र श्रीप्रसाद गुरुङ चुनिएका छन् ।

एनआरएनए उच्चस्तरीय समितिका संयोजक डा। शेष घलेको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा नवनिर्वाचित कार्यसमितिका पदाधिकारी र सदस्यहरूलाई निर्वाचन समितिका संयोजक डा भीम पुनले शपथग्रहण गराएका थिए ।

 

 

एकता अधिवेशन आयोजक मूल समितिका संयोजक योगेन क्षेत्री, सदस्यसचिव आरके त्रिपाठी, आइसीसी उपाध्यक्ष थर्क सेन, प्रमुख संरक्षक डेभिड गुरुङलगायतले बधाई तथा शुभकामना दिएका थिए। निर्वाचन समितिमा संयोजक डा भीम पुन, सदस्य सचिव विश्वासदीप तिगेला र सदस्यद्वय राजकुमार ९आरके० त्रिपाठी र टेक बहादुर थापा थिए । अधिवेशनलाई प्रमुख अतिथि घलेले शुभकामना दिएका थिए ।

 

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.