आज मितिः २०८३ बैशाख ६ गते

कसैले कसैको पनि कुभलो नचिताओस्- पूर्वराजा ज्ञानेन्द्र शाह

गोरखा
पूर्वराजा ज्ञानेन्द्र शाहले देशवासीको सुख र समृद्धिको कामना गरेका छन्।

शनिबार गोरखा पुगेका पूर्वराजा शाहले गोरखकाली मन्दिरमा पूजाअर्चना गरिसकेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सुख र समृद्धिको कामना गरेका हुन्।

उनले अहिले देशमा शान्ति चाहिएको भन्दै कसैले पनि कसैको कुभलो चिताउन नहुने बताए। उनले भने, ुअहिले देशमा शान्ति चाहिएको छ। कसैले कसैको पनि कुभलो नचिताओस्। भलो चिताओस्। केही खराब नचिताओस् भन्ने मेरो कामना छ।’

उनले आफूलाई गोरखा आउन पाएर खुसी लागेको सुनाए। ‘गोरखा आएर मलाई खुसी लाग्यो। आफ्नो जन्मथलो त होइन, तर पुर्खाको थलो हो,’ पूर्वराजा शाहले भने।

उनले अहिले देशमा कोही पनि केही गर्नका लागि डराउनु नपर्ने पनि बताए। कोही पनि केही गर्नलाई पनि डराउनु पर्दैन। देशको शान्ति कायमै होस्। देशमा सुख होस्। सबैलाई सुख र समृद्धि होस् भन्ने मेरो कामना छ,’ उनले भने।

पूर्वराजा शाह आज बिहान १० बजे गोरखा दरबारस्थित गोरखनाथ मन्दिरमा पुगेका थिए। त्यहाँ उनलाई मन्दिरका पूजारीहरूले स्वागत गरे।

पूर्वराजा शाहले करिब २ घण्टा लगाएर गोरखनाथ र गोरखकाली मन्दिरमा पूजाअर्चना गरेका थिए।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.