आज मितिः २०८३ बैशाख १३ गते

आज केही जिल्लामा हल्का वर्षा, भोलिदेखि पश्चिमबाट मौसम सुधार हुने

काठमाडौं-

चितवनसहित गण्डकी प्रदेशका केही जिल्लामा मध्यम वर्षा र काठमाण्डौसहित अरु ठाउँमा फाट्टफुट्ट पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मधेश र पूर्वका केही ठाउँमा अहिले पनि मेघगर्जन र चट्याङसहित फाट्टफुट्ट पानी परेको छ । आज दिउँसो र बेलुकीपख पनि देशका धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार भोलिदेखि पश्चिमबाट मौसम सुधार हुनेछ । भोलि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई क्षेत्रसहित मधेश प्रदेशका थोरै ठाउँहरूमा मेघगर्जन र चट्याङसहित हल्का पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

 

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.