आज मितिः २०८३ बैशाख १३ गते

सरकार नियन्त्रणमुखी बाटोमा गइरहेको छ – सोविता गौतम

रास्वपाकी सभासद सोविता गौतमले सरकार नियन्त्रणमुखी बाटोमा गइरहेको बताएकी छन् ।  सरकार अत्यधिक सतर्क, असहिष्णु, र उदाउँदै गरेका नयाँ आवाजहरूलाई दमन गर्न उद्यत रहेको पनि उनले बताइन् ।

 

सभासद गौतमले यसले के देखाउँछ? सरकारले जनविश्वास गुमाइसकेको छ र गम्भीर संकटमा छ! तर, यो संकट सरकार आफैं निम्त्याएको बताइन् ।

सरकारले कानुनलाई न्यायको तराजु बनाउनुपर्ने थियो, तर प्रतिशोधको तरवार बनायो! उदाउँदै गरेका नयाँ शक्ति— जो यही गणतन्त्रमा जन्मिए, हुर्किए, र लोकतन्त्र जोगाउने पहिलो पंक्तिमा उभिन सक्थे, उनैलाई झूटो मुद्दा लगाएर दमन गरिरह्यो उनले थपिन ।

सदनमा प्रश्नको जवाफ नदिने, उल्टो प्रश्न गर्ने सांसदलाई होच्याउने, पत्रकारहरूको पास खोस्ने, सामाजिक सञ्जाल नियन्त्रण गर्न विधेयक ल्याउने, निषेधित क्षेत्र घोषणा गरेर सडक कब्जा गर्ने सबै नियन्त्रणमुखी शासनका लक्षण रहेको उनले सुनाइन् ।

सरकारले सदन, सडक ,सामाजिक सञ्जाल, सबै नियन्त्रण गर्न सक्ला तर जनताको चेतना नियन्त्रण गर्न सक्दैन उनले चर्को आवाजमा संसदमा कुरा उठाइन्।

लोकतन्त्रको असली खतरा अरु कोही होइन सरकार आफैं हो। सबैको विचार अट्ने व्यवहार गर्नुस् नत्र परिणाम जनताको पक्षमा हुनेछ!

अन्तमा उनले भनिन् यो सरकारलाई नयाँ पुस्ताको चेतावनी हो ।

 

 

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.