आज मितिः २०८३ बैशाख १३ गते

पूर्वराजाको स्वागतमा जुट्यो राप्रपा, सुरक्षा व्यवस्था कडा

काठमाडौं-

 

लामो पश्चिम भ्रमण सकेर पूर्वराजा ज्ञानेन्द्र शाह आज आइतबार काठमाडौं फर्किंदैछन्।

उनी अपराह्न ३ बजे त्रिभुवन विमानस्थलमा उत्रिने पूर्वनिर्धारित तालिका छ। राप्रपाले दिउँसो १ बजे विमानस्थलमा आउन कार्यकर्ता र आम सर्वसाधारणलाई अपिल गरेको छ। पार्टीले एयरपोर्ट जाने कार्यक्रमको रुट र समय तालिका पनि तय गरेको छ।

उनका समर्थकले भव्य स्वागत गर्ने तयारीका बीच सुरक्षा परिचालनलाई त्यहीअनुसार व्यापक बनाइने भएको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकको निर्णयअनुसार विभिन्न निकायका सुरक्षाकर्मी परिचालन गरिनेछ।

एकीकृत सुरक्षा व्यवस्थाका लागि बनेको योजनाअनुसार काठमाडौंमा आइतबार नेपाल प्रहरीले आवश्यक मात्रा फौज परिचालन गर्नेछ। काठमाडौं प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि महाराजगञ्जस्थित निर्मल निवाससम्मको क्षेत्रलाई उच्च सुरक्षा संवेदनशील मान्दै सुरक्षा व्यवस्था गर्नेछ। पूर्वराजा शाह विमानस्थलबाट गौशाला, चाबहिल, सुकेधारा, चक्रपथ चोक हुँदै निर्मल निवास पुग्नेछन्।

राजावादीहरूको गतिविधि तीव्र हुन थालेपछि प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले हुलाकी राजमार्ग केन्द्रित पूर्वपश्चिम अभियान स्थगित गर्ने भएको छ।

राजतन्त्र पुनःस्थापना पक्षधरहरूको गतिविधिले सत्तामा रहेका दुई दल कांग्रेस र एमालेले पनि आन्तरिक छलफल तीव्र बनाएका छन्। उनीहरुले राजावादीहरूको गतिविधिलाई कसरी निस्तेज पार्न सकिन्छ र सरकारको भूमिका कस्तो बनाउने भन्ने विषयमा बालुवाटारकेन्द्रित छलफल गरिरहेका छन्।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.