आज मितिः २०८१ फाल्गुन २ गते

कानुन व्यवसायीहरूमाथि भएको दुर्व्यवहारप्रति डा. तोशिमा कार्कीको  आपत्ति

कानु

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोशिमा कार्कीले पेशागत सम्मानको महत्वबारे धारणा सार्वजनिक गर्दै कानुन व्यवसायीहरूमाथि भएको दुर्व्यवहारप्रति गम्भीर आपत्ति जनाएकी छन्।

 

“प्रत्येक पेशाको मान र मर्यादाको सम्मान गर्नुपर्छ। पेशाकर्मीहरूमाथि हुने कुनै पनि प्रकारको दुर्व्यवहार अस्वीकार्य छ। दोषी जोसुकै होस्, कानुनी कारबाहीको दायरामा ल्याइनुपर्छ,” उनले स्पष्ट पारिन्।

 

चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि हुने हिंसात्मक गतिविधिहरूप्रति सधैं कडा भर्त्सना गर्दै आएकी डा. कार्कीले कानुन व्यवसायीहरूप्रति हालै भएको घटनाबारे पनि कडा प्रतिक्रिया दिएकी हुन्।

 

उनले भनिन्, “यदि राष्ट्रिय स्वतन्त्र पार्टीका सदस्यहरू संलग्न रहेको प्रमाणित भए, उनीहरूमाथि तुरुन्त कारबाही हुनेछ। अन्य दलका सदस्यहरू संलग्न भए, तिनका पार्टीहरूले पनि उचित कदम चाल्ने विश्वास लिएको छु।”

 

नेपाल बार एसोसिएसनको विज्ञप्तिप्रति समर्थन जनाउँदै डा. कार्कीले पेशागत मर्यादाको रक्षा गर्न सबैलाई सहकार्य गर्न आह्वान गरेकी छन्।

 

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.