आज मितिः २०८३ बैशाख १३ गते

दुबईमा डिजाइनर तृष्णा गुरुङका र्याम्प शो साथमा नेपाली फेसनको अन्तर्राष्ट्रिय प्रस्तुति  

दुबई-

 

यूएईको दुबईमा आउँदो १२ जनवरी २०२५ मा पहिलो पटक नेपाली डिजाइनर तृष्णा गुरुङद्वारा डिजाइन गरिएका पहिरनमा चर्चित मोडलहरू र्याम्पमा प्रस्तुत हुने भएका छन।

 

दुबईको चर्ल्तोन दुबई च्रेएक होटलमा डिजाइनर गुरुङले १५ वर्ष पछि भव्य फेसन शो आयोजना गर्न लागेकी हुन। कार्यक्रममा क्लासिक ब्यान्डको लाइभ म्युजिक र साथमा गुरुङका उत्कृष्ट डिजाइनमा सजिएका मोडलहरूले र्याम्पमा प्रस्तुति दिनेछन।

 

 

यो इभेन्ट नेपाली फेसन उद्योगलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने कोशेढुंगा हुने विश्वास आयोजकहरूको छ। फेसन शोका लागि ंफचे ओफ ट्ग ब्रान्डंका एम्बेसेडर मिष्टर गुरुङ रहनुभएको छ भने महिला एम्बेसेडरको छनोट प्रक्रिया जारी छ। कार्यक्रममा चिफ एड भाइजरको रूपमा हेमराज मैनाली संलग्न रहनेछन्।

 

 

गैर आवासीय नेपाली संघ युएईका सचिव कुमार श्रेष्ठका अनुसार मध्य पूर्वको केन्द्र दुबईमा नेपाली समुदायले आयोजना गर्न लागेको यो भव्य इभेन्टले नेपाल र नेपालीको पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्ने विश्वास गरिएको छ।

त्यस्तै व्यवसायी तथा समाजसेवी सुबास न्यौपानेका अनुसार यस्ता कार्यक्रमहरूले नेपाली कला, संस्कृति, र प्रतिभालाई विश्वसामु चिनाउने महत्वपूर्ण अवसर प्रदान गर्नेछ ।

 

 

 

करिब ७ लाख नेपाली कार्यरत यूएईमा पछिल्लो समय होटल, रेस्टुरेन्ट, ब्यूटी पार्लर, र कन्सल्टेन्सी जस्ता व्यवसायहरूमा नेपालीहरू सक्रिय छन। श्रम गन्तव्यका रूपमा मात्र नभई, व्यवसायिक क्षेत्रमा समेत नेपाली समुदायको पहिचान मजबुत हुँदै गएको छ।

 

डिजाइनर तृष्णा गुरुङको फेसन शोले नेपाली फेसन उद्योगको सम्भावना र सिर्जनशीलतालाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्‍याउने आशा गरिएको छ। यो कार्यक्रम नेपाली कला र फेसनप्रति अन्तर्राष्ट्रिय समुदायको दृष्टिकोण परिवर्तन गर्ने ऐतिहासिक अवसर बन्नेछ।

कार्यक्रमको अफिसियल मिडियाको रुपमा उद्धार न्यूज़ डटकम रहेको छ ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.