आज मितिः २०८३ बैशाख ५ गते

वे WAY ग्रुप नेपालको नियमित कार्यक्रम सम्पन्न

चितवन

चितवनको मुटु चौविसकोटीमा भरतपुर महानगरपालिका तथा वे ग्रुप नेपालको सहकार्यमा सोमबारीय सरसफाइ कार्यक्रम सम्पन्न भएको छ।

भरतपुर महानगरपालिका आयोजक र वे ग्रुप नेपाल सह-आयोजक रहने गरी गरिएको सरसफाई कार्यक्रममा चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समिति, नेपालका अभियन्ता, नेपाली सेना,नगर प्रहरी,जिल्ला प्रहरी,ट्राफिक प्रहरी, त्रिचोक टोल विकास संस्था, आदर्श टोल विकास संस्था, भगवती टोल विकास संस्था लगायत विभिन्न वातावरण प्रेमी व्यक्ति व्यक्तित्वहरुको  सहभागीता रहेको थियो ।

वातावरण संरक्षण तथा सरसफाईको यस सचेतना महा-अभियानमा प्रमुख अतिथिको रुपमा भरतपुर महानगरको अभिभावक आदरणीय मेयर रेणु दाहालज्यू रहनु भएको थियो ।यस्तै गरि महानगरबाट वातावरण महाशाखा प्रमुख श्री विसुराम कुँवर,महानगर वातावरण विज्ञ विश्व सुबेदी,महानगर वातावरण समिति संयोजक मनोज रानाभाट,वार्ड नम्बर १०-का अध्यक्ष परमेश्वर खनाल, वार्ड नम्बर-४ का सदस्य विजय सापकोटा, प्रहरीका एसपी गौतम मिश्र,सशस्त्र प्रहरी प्रमुख विनोद खतिवडा,नेपाली सेनाका क्याप्टेन योगेन्द्र, प्रहरी वरिष्ठ नायव निरिक्षक राजु पौडेल अतिथिको रुपमा रहनु भएको थियो भने उहाँहरुको नेतृत्वमा मातहतका कर्मचारीहरुको ठुलो संख्यामा सहभागिता रहेको थियो ।
वे ग्रुप नेपालका अध्यक्ष दिपक गौतम लगायत वे ग्रुप नेपालका अभियान्ताहरुको बाक्लो उपस्थिति रहेको यस कार्यक्रममा बोल्दै वातावरण महाशाखा प्रमुख आदरणीय विशुराम कुँवर ज्यूले अस्वस्थताका बाबजुद उपस्थित हुनुभएको मेयर रेणु दाहालसंग अनुमति लिंदै महानगरलाई सुन्दर र सफा राख्न कुनै कसर बाँकि नछोड्ने प्रतिबद्धता ज़ाहेर गर्नुभएको थियो ।साथै उहाँले वे ग्रुप नेपालको निरन्तरको यस अभियानले भरतपुर लगायत देशका धेरै भागमा सकारात्मक सन्देश छर्न सफल भएको भन्दै खुलेरै प्रसंशा गर्नुभयो । उहाँले उपस्थित सबै जनमासलाई सम्बोधन गरिसकेपछि मेयर रेणु दाहालको सक्रियतामा सरसफाई अभियान सुरु गरिएको थियो ।
वे ग्रुप नेपालका सचिव शालिकराम आचार्यले कार्यक्रम संचालन गर्नुभएको थियो ।सधैंजसो सोमवार बिहान ७-८ बजेसम्म हुने गरेको कार्यक्रम आज बिहान भने करीब ३ घण्टा चलेको थियो ।चौबिसकोठी देखि त्रिचोकसम्म आर्मी ब्यारेक साईडमा लगभग सरसफाई आज भएको छ ।
By निर्मला अधिकारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.