आज मितिः २०८३ बैशाख १७ गते

लामिछाने कास्की प्रहरीको हिरासतमा, भोलि अदालतमा उपस्थित गराइने

काठमाडौं-

 

सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ गरिएका सांसद, पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जिल्ला प्रहरी कार्यालय कास्की पुर्‍याइएको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले शुक्रबार साँझ काठमाडौंमा पक्राउ गरी राति नै स्थलमार्गबाट पोखरा लगेको हो।

लामिछानेलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेर स्वास्थ्य परीक्षण गरी जिल्ला प्रहरी कार्यालय कास्की पुर्‍याइएको थियो। उनलाई राति करिब २स्४५ बजेतिर प्रहरी कार्यालयमा प्रवेश गराइएको थियो। लामिछानेलाई त्यहाँ पुर्‍याउँदा रास्वपाका केही कार्यकर्ताले प्रहरी कार्यालय अघि नाराबाजी गरेका थिए।

लामिछानेलाई अब अदालतमा उपस्थित गराइनेछ र प्रहरीले अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति लिनेछ।
स्थलमार्गबाट लैजाँदा बाटोका केही स्थानमा सहकारी पीडितले र केही स्थानमा रास्वपा कार्यकर्ताले उनको पक्षमा नाराबाजी गरेका थिए।

आज शनिबार भएकाले उनलाई भोलिमात्र कास्की जिल्ला अदालतमा उपस्थित गराइनेछ।

 

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.