आज मितिः २०८३ बैशाख ९ गते

पेट्रोल खन्याएर चितवनमा एक पुरुषले गरे देहत्याग

चितवन-

चितवन भरतपुर महानगरपालिका–३ लंकुमा एक पुरुषले आफ्नै शरिरमा आगो लगाएर देहत्याग गरेका छन् ।

 

बारा गढीमाई नगरपालिका–४ घर भइ हाल भरतपुर–३ लंकुस्थित सन्तोष जैसवालको घरमा डेरा गरी बस्ने अन्दाजी २२ वर्षीय राजावाबु जैसवालले शरिरमा पेट्रोल खन्याएर आगो लगाई देहत्याग गरेका हुन् ।

 

उनले सोमवार दिउँसो साढे १ बजेको समयमा आफु सुत्ने कोठामा कोही नभएको अवस्थामा आफैले आफ्नो शरीरमा पेट्रोल खनाइ आगो लगाएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । आगो लागेर गम्भिर घाइते भएका उनलाई उपचारको लागि चितवन मेडिकल कलेज पु¥याइएको थियो ।

थप उपचारको लागि सोमवार बेलुका ५ बजे उनलाई गण्डकी प्रदेश०४–००१ च ००२३ नम्बरको एम्बुलेन्समा राखि काठमाडौँको कृतिपुर हस्पिटल लगिएको थियो । सोमवार राति १०ः४० बजेको समयमा कृतिपुर हस्पिटलका चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.