आज मितिः २०८३ बैशाख ९ गते

घुमाउने बस दुर्घटनामा १७ जना घाइते

चितवन-

चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको घुमाउनेमा यात्रुबहाक बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको सुप्रप्र ०२–००१ ख १३३२ नम्बरको बस आज बिहान ७ः१५ बजे भरतपुर महानगरपालिका वडा नम्बर २९ घुमाउनेमा दुर्घटना भएको हो ।

 

बस आफैं अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार सडक किनारमा लगाइएको बारले छेकेकाले बस त्रिशूली नदीमा खस्नबाट जोगिएको छ । दुर्घटनामा घाइते १५ जनालाई उपचारका लागि भरतपुर पठाइएको उहाँले बताउनुभयो । घाइते सबैको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइते नभएका यात्रुलाई अन्य बसमा काठमाडौं पठाइएको उहाँले बताउनुभयो । बसमा ३५ जना यात्रु रहेको बताइएको छ । अहिले नारायणगढ मुग्लिन सडकखण्ड दुइतर्फीनै सुचारु छ ।

 

घाईतेहरुमा कन्चनपुर भिमदत्त न।पा।१० बस्ने बर्ष ४० की तारा भट्ट, कैलाली चिसापानी बस्ने बर्ष २३ की हरिकला थापा, कैलाली चिसापानी बस्ने बर्ष १९ को कैलाश विक , कैलाली चिसापानी न।पा।३।बस्ने बस्ने बर्ष २७ की कृष्णा वि।क, कैलाली चिसापानी बस्ने बर्ष ३५ की जयन्ती बि।क, कन्चन्पुर भिमदत्त बस्ने बर्ष ३७ को दिल बहादुर सुनार, कन्चनपुरका बर्ष २३ को समिदेवल राना मध्यम ।, कैलाली गोदावरी बस्ने बर्ष ३७ को शेर बहादुर विष्ट, बझाङ बित्थडचिर बस्ने बर्ष २२ को बसन्त बोहोरा, कन्चनपुर भिमदत्त बस्ने बर्ष ३४ को धरम खड्का, कन्चनपुर भिमदत्त न।पा।१० बस्ने बर्ष २० को दिपेश भट्ट, दार्चुला महाकाली बस्ने बर्ष २३ को लक्ष्मण बम , कन्चनपुर भिमदत्त बस्ने बर्ष २५ को भिमसेन सार्की, बैतदी दशरतचन्द बस्ने बर्ष ३७ को जनक बिजाली, कन्चनपुर भिमदत्त बस्ने बर्ष २३ को विनोद सार्की सामान्य, डडेलधुरा गन्यापधुरा बस्ने बर्ष ३३ को देव बहादुर भुल र चितवन भरतपुरका बर्ष २५ को बिपिन न्यौपाने रहेका छन् ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.