आज मितिः २०८३ बैशाख ८ गते

इच्छाकामना गाउंपालिकामा आदर्श नारीको दोस्रो शाखा

सरिता पौडेल / चितवन

महिला बालबालबालिका र मानवअधिकारको रक्षार्थ क्रियाशिल संस्था आदर्श नारी विकास केन्द्रले इच्छाकामना गाउंपालिकामा शाखा विस्तार गरेको छ । संस्थाको ३३ औं स्थापना दिवसको अवसर पारेर आज इच्छाकामना ४ सर्वशान्ती माविमा गरिएको विशेष भेला मार्फत इच्छाकामनामा शाखा विस्तार गरिएको हो । इच्छाकामना गाउंपालिका वडा नम्बर ४ का वडाध्यक्ष रुद्र प्रसाद उप्रेतीको रोहवरमा भएको भेलाले सावित्री गुरुङको संयोजकत्वमा १५ सदस्ययीय समिती गठन गरेको छ । समितीको सहसंयोजकमा दुर्गा पुरी , सचिव निर्मला श्रेष्ठ , सहसचिव दिपा चेपागं र कोषाध्यक्षमा मन्जु राना चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा सरिता गुरुगं,शर्मिला सिलवाल, शुशिला श्रेष्ठ, विमला श्रेष्ठ, मिश्रीमाया परियार, महेश्वरी मैनाली, पुजा कडेंल, उर्मिला थापा र सीता विक चयन हुनुभएको छ ।

सो अवसरमा बोल्दै कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएका वडाध्यक्ष उप्रेतीले संस्थाले गरिरहेको कामको उच्च प्रसंसा गर्दै महिला बालबालिकाको सवाल र हिसा न्युनिकरणको अभियानमा वडा कार्यालय संगै रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । वताउनुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि इच्छाकामना गाउंपालिका निवर्तमान अध्यक्ष गीता गुरुगंले आदर्शले महिलालालाई परेको अन्यायको विरुद्ध बुलन्द आवाज उठाउने गरेको बताउनुभयो । उहाँले आदर्श नारी कुनै झुन्डको संस्था नभई प्रत्येक अन्यायमा परेकाहरुको न्यायका लागि अनवरत लड्ने संस्थाको रुपमा परिचित रहेको भन्दै इच्छाकामनाको समितीले पनि यसको मर्म र भावना अनुसार काम गर्नुपर्नेमा जोड दिनुभयो ।
इलाका प्रहरी कार्यालय मुग्लिगंका प्र्रहरी निरिक्षक निरला भण्डारीले इच्छाकामनामा विशेषगरि लागुऔषध बालविवाह, वहुविवाह, लैगिंक हिंसाको समस्या जटिल रहेको भन्दै यसका विरुद्ध अभियान चलाउन संस्था उदाहरणीय र नमुना बनोस् भन्ने कामना गर्नुभयो ।
संस्थाको कार्यक्रमलाई फराकिलो बनाउन शाखा विस्तार गरिएको संस्थाका अध्यक्ष उषा खरेल सुवेदीले बताउनुभयो । संस्थाको स्थापना दिवसको अवसरमा साताव्यापी कार्यक्रम गरिरहेको संस्थाले दोस्रो कार्यक्रमको रुपमा इच्छाकामनामा विशेष भेलासहित शाखा विस्तार गरेको हो । आदर्शले यसअघि कालिका नगरपालिकामा शाखा विस्तार गरिसकेको छ । यस आर्थिक बर्षभित्र जिल्लाका सातै पालिकामा शाखा विस्तार गर्ने संस्थाको लक्ष्य छ ।

नवगठित समिती संयोजक गुरुगंले आदर्श नारीको मर्म र भावना अनुसार काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
संस्थाका कार्यसमिती सदस्य दुर्गा गौतमले संयोजन गर्नुभएको सो कार्यक्रममा सचिव सरिता सुवेदी पाठक, कालिका शाखा अध्यक्ष मेनुका थापा अधिकारी लगायतले बोल्नुभएको थियो ।
महिलाहरुको अन्र्तनिहित शक्तिको सबैले कदर गरौ भन्ने मुल मन्त्रका साथ स्थापित यस संस्थाले महिला तथा बालबालिकाहरु विना भेदभाव सम्मानित एवं शोषण मुक्त जीवन बाँच्न सक्ने अवस्थाको सृजना गरि उनीहरुमाथिको विभेद, शोषण, दमन र हिंसात्मक गतिविधिहरुको अन्त्य गर्ने लक्ष्य राखेको छ । संस्थाले विभिन्न परिवेशबाट जोखिममा परेका असहाय महिला तथा बालबालिकाहरुको कानुनी अधिकारका लागि कानुनी परामर्श,सहायता,वकालत एवं पैरवी गर्ने र विपन्न तथा जेहेन्दार बालबालिकाहरुको लागि शैक्षिक प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने गर्दछ । यस्तै घरेलु हिंसा , मानव बेचबिखन तथा ओसारपसार ,असुरक्षित वैदेशिक रोजगार ,बालश्रम तथा यौन शोषण,असुरक्षित गर्भपतन,द्धन्द्धप्रभावित, एच.आई.भी .एड्स सम्बन्धी चेतनामूलक तालिम,गोष्ठी र सेमिनारका साथै कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । ‘जसको सवाल उसकै नेतृत्व’ अनुसरण गर्दै व्यवहारिक रुपमा समस्याहरुको पहिचान गरी प्राथमिकताका आधारमा पीडित,प्रभावितहरुको सहभागिता एवं नेतृत्वमा जोखिम न्यूनीकरण कार्यक्रमहरु सञ्चालन गर्ने संस्थाको उद्धेश्य रहेको छ ।

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.