काठमाडौ-
सनराइजर्स हैदरावाद इन्डियन र कोलकाता नाइट राइडर्स प्रिमियर लिग ९आइपिएल०को फाइनलमा पुगेका छन् । गएराति दोस्रो क्लालिफायरमा राजस्थान रोयल्सलाई ३६ रनले पराजित गर्दै हैदरावादले फाइनलमा स्थान पक्का गरेको हो।
हैदरावादले दिएको १७६ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ७ विकेट गुमाएर १३९ रनमात्रै बनाउन सक्यो।
राजस्थानका लागि ध्रुव जुरेलले अर्धशतक हाने। उनले ३५ बलमा ७ चौका र २ छक्का प्रहार गरी सर्वाधिक ५६ रन बनाए।
एमए चिदम्बरम स्टेडियम चेन्नईमा पहिले ब्याटिङ गरेको हैदरावादले ७ विकेट गुमाएर १७५ रन बनाएको थियो। त्यस क्रमममा हेनरिच क्लासेनले ३४ बलमा ४ छक्का प्रहार गरी सर्वाधिक ५० रन बनाए।
पराजित भएको राजस्थान आइपिएलबाट बाहिरिएको छ। विजयी भएको हैदरावादले कोलकाता नाइट राइडर्ससँग उपाधिका लागि खेल्नेछ। फाइनल खेल आइतबार हुनेछ।