आज मितिः २०८३ बैशाख ९ गते

कोशी प्रदेशको पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

काठमाडौं-

पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहँदा देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा छ।

 

मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

 

कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको अनुमान छ। लुम्बिनी, मधेश, सुदूरपश्चिम र कोशी प्रदेशका केही र बाँकी भूभागको थोरै स्थानमा हावाहुरीको सम्भावना छ।

आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ। लुम्बिनी, मधेश, सुदूरपश्चिम र कोशी प्रदेशका केही र बाँकी भूभागको थोरै स्थानमा हावाहुरीको सम्भावना छ।

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.