आज मितिः २०८३ बैशाख ९ गते

 तीन हजार लागूऔषध कारोबारी पक्राउ

काठमाडौं-

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार छ महिनामा तीन हजार ४५ जना लागुऔषध कारोबारी पक्राउ परेका छन्। चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म लागुऔषध प्रयोगकर्ता, पक्राउ परेका हुन् ।

दुई हजार सात सय ५८ पुरुष र एक सय ४४ जना महिला, एक सय ३३ जना विदेशी पुरुष र १० जना विदेशी महिला पक्राउ परेका हुन्। यीमध्ये एक हजार नौ ६० मुद्दा दर्ता भएका छन्।

पक्राउ परेकाहरू गाँजा, चरेस, हेरोइन, अफिम, कोकिन, सेवन गर्ने तथा यसको अवैध ओसारपसारमा संलग्न रहेका हुन्। उनीहरूबाट आठ हजार तीन सय २० केजी गाँजा, चरेश तीन सय आठ केजी चरेस, १० केजी हेरोइन, २७ केजी अफिम र तीन केजी कोकिन सोही अवधिमा बरामद गरी नष्ट गरिएको समाचारकक्षले जनाएको छ।

 

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.