मेरो श्रीमान स्वर्गवास हुनुभएको बर्ष दिन मात्र भएको थियो ।बालबच्चा भएका थिएनन् ।हुन पनि कसरी ?उबेला मेरो उमेर पनि सानै थियोे।”
श्रीमान बितेका बर्ष दिन सम्म माइती जाने अनुमति थिएन।बर्षदिनको काम सकेर बल्ल माइती गए।म कति दु:खी थिए त्यसको त लेखाजोखा गरि साध्य नै थिएन ।तर त्यो भन्दा बढ्ता त मेरी आमा दुःखी हुनुभएको रहेछ।मलाई देख्तै आमा अंगालो हालेर रून थाल्नुभयो।भन्दै हुनुहुन्थ्यो -” यस्तो पाहाड जस्तो जीवन कसरी बिताउछेस्?” उता पिढीमा झोक्राएर बसेका मेरा बाका आँखा रसिला थिए ।म नबोलि बा र आमालाई हेरीरहें।
मेरी साथी कमला श्रीमान संग हातेमालो गरेर माइत आउथि।कहिले कता कहिले कता घुमेका र स्वादिला परिकार खाएका अनि श्रीमान श्रीमती बीचका ह्रासलिला इत्रेर सुनाउथि।बाहिर फुस्रो हाँसो हाँसे पनि भित्र भने मन अमिलो हुन्थ्यो ।
रहदाबस्ता एकदिन मैले आमा संग भने-” आमा! मलाई पनि तपाईंको जस्तै रातो सारी लगाउन मन छ।एउटा रातो सारी दिनुन।”आमाले एकटक मलाई हेर्नु भयो अनि एउटा हरियो सारी र पहेँलो चोलो ल्याएर दिदै ” रातो लगाउने भाग्य भगवानले खोसे नानी !अब यस्तै लुगा लगा।”
आमाले दिएको हरियो सारी र पहेँलो चोलो लगाएर म बजार जान तयार भए ।नयाँ पहिरनमा ठाटिएर होला एक पटक ऐना अगाडि उभिए।आफूलाई बिछट्टै राम्री लाग्यो ।हरिया लतिका बीच फूलेको पहेँलो फूल आहा!!खासमा म प्रकृतिकै उपहार न हुँ।म मुसुक्क मुस्काए।
मेरो क्रियाकलापलाई भाउजुले नियालिरहनु भएको रहेछ।भान्साबाट चिच्याउदै भन्नुभयो -“बिधवाहरूले यस्तो पहिरनमा हिड्न थालेपछि हामीलाई समाजले गलत दृष्टिले हेर्छ।हाम्रो बेइज्जत हुन्छ।” भाउजुको कुरालाई दाजुले समर्थन जनाउँदै भन्नुभयो -“पण्डितकी छोरीको चटक भनि गाउँभरि हल्ला छ।अर्काको शिशोबासो हाम्रो टाउको दु:खाइ, यसलाई भोलि नै घर पठाइदिनु पर्छ बा!” बाले तुरुन्तै सहमति जनाउनुभयो ।सायद म बाको आँखामा पनि बिझाएकी थिए ।
भोलिपल्टै मलाई घर तर्फ पठाइयो ।एक्लो वृहस्पति त झुटो हुन्छ भन्छन् म परे बिधवा!मेरा कुरा कस्ले सुन्ने??
हुनेखाने घरकी जेठी बुहारी ।जताततै ससुराका धनसार थिए ।ससुराले बोलेपछि अरूले बोल्ने हिम्मत गर्दैन थे।त्यसैले ससुराले मलाई भान्साको काम जिम्मा दिनुभयो ।चोलो खलेर भात पकाउन पर्ने चलन।एकबाट अर्को धनसार जाँदा ससुराले जेठी बुहारी मीठो खाना बनाउछे।म संगै हिड भन्नुहुन्थ्यो ।बिचरा सासू नजा भन्न नसक्ने ।खासमा सासुको कुनै हैसियत थिएन्।ससुरा अठार बर्षको हुँदा मेरो श्रीमान जन्मनु भको रे!त्यसैले ससुरा संग मेरो उमेर त्यहीँ बीस बर्षले फरक न थियोे ।
एकदिन जग्गा पास गर्ने कामका लागि ससुरा सदरमुकाम जाने काम पर्यो।मैले सोचें धेरै दिनको अलमल हुने भएकोले पक्कै सासुलाई लिएर जानुहोला!तर त्यसो भएन। विचारा सासुले त भन्नुभएको हो -” बिधवा बुहारी लिएर हिड्दा गाउँ समाजले कुरा काट्छ,हजुरको सेवा मनै गर्छु”।ससुरबाले चिलले चल्ला झम्टे झैं सासुलाई झम्टनु भयो -“तेरिमा अलछ्छिना आइमाई ,जेठी बुहारी जति लछ्छिनकी तँ छस र लिएर हिड्नलाई”?
बाहिर जे भए पनि ससुराले सासुलाई हप्काएकोमा भने म चाहिँ धेरै खुशी भए ।त्यति नगरे म ससुरा संग जानै नपाउने ।हुनत:सासू भन्दा विश्वासिली मै थिए ।यदाकदा मलाई पनि सासू कसिङ्गर बिझाए झैं लाग्थ्यो ।तर के गर्नु?आनामान घिउ खाएर बनाएको बलिष्ठ जीउ ,सुडुलो शरीर संग शारीरिक संबध भने भएको थिएन्।
खाना बनाउदा पातलो गाम्चाले मात्र छाती छोप्नु पर्ने ,बच्चाले दूध नचुसेका मेरा वक्षस्थल पाहाडका चुचुरा झैं कसिला थिए ।त्यसैले होला ससुरा खाना बनाएको समय मलाई हेरेर अघाउनुहुन्नथ्यो।मलाई भने जीउभरि काउकुती लाग्थ्यो ।सुत्ने बेला” ठूली !साह्रै थाकें, मालिस गर्दे न है “भन्नुहुन्थ्यो ।मलाई” के खोज्छस् काना आँखा “भने झैं हुन्थियो।म ससुराको पैताला देखि टाउको संम मालिस गर्थे ।मालिसको क्रममा म वहाँको संवेदनशील अंगमा पनि स्पर्श गर्न भ्याउथे।वहाँ मुसुक्क मुस्काउनुहुन्थ्यो।मेरो भने शरीर भरि करेन्ट लाग्थ्यो ।
सदरमुकामको काम सकेर हामी घर फिर्दै थियौं ।बाटोबाट नजिकै माइली मिजार्नीको घर देखियो ।घर त के भनौं कसैले दिएको आश्रयको मतान।ससुराले बाटोबाटै बोलाउनुभयो।माइला मुखियाले बोलाउनु भएको भनेर माइली मिजार्नी दौडेर आइ।
ससुरा -” माइलो कता छ?”
माइली-” साहुको खेत जोत्न”।
ससुराले मेरै अगाडि माइलीलाई मुसार्दै “एकैछिन यो बाटो मुनिको जंगलमा हिड् माइली!निकै दु:ख पाए जस्तो छ।म चोलो फेरिदिउला”।माइली मुस्काउदै ससुरा संग लेप्सि।हेर्दा माइली मेरै उमेरकी लाग्थ्यो ।यो दृश्यले मलाई पनि माइली जस्तै गरि ससुरा संग लेप्सिन मन लाग्यो ।
ससुरा -” ठूली!एकैछिन यतै बस्तै गरेस् ,म आइहाल्छ ।माइलीका बछ्छ स्थलतिर हात दौडाउदै ससुरा जंगल तर्फ मोडिनुभयो।
मलाई औधि नै रिस उठ्यो ।निकै अगाडि देखि सासुलाई सौताको रूपमा हेर्न थालेको मेरो मानसिकता आज आँखै अगाडि माइली मिजार्नी सौता भइ।मन कटक्क भयो ।ससुरा संग बोल्ने साहस भएन्।शरीर भरि यौन अतृप्तिको आगो दन्कियएको थियो।मलाई सामाजिक मानमर्यदा,पारिवारिक लान्छना भन्दा बढी संभोगको कल्पनाले डसेको थियो ।त्यसैको परिणाम सासुका बिरूद्धमा ससुरालाई अनेक पोल लगाए।सायद नमेटिने घाउकै कारण सासुले आत्माहत्या गर्नुभयो ।सासुले नदिमा हाम फालेर देह त्याग गर्दा गाउँका मान्छेले पागल्नी थिइ ,हाम्फालेर मरिछे भन्न पछि परेनन् ।खासमा भन्ने हो भने मेरो यौन कुण्ठाको सजाय सासुले नराम्ररी पाएकोमा मलाई कताकता दु:ख लाग्छ।
सतरीको दशकमा आउदा ससुराले छोडेर जानुभएको पनि पाँच बर्ष जति भयो ।नत मेरो यौन प्यास श्रीमानले बुझाउनु भयो ,नत ससुराले नै!आजसम्म म यौन कुण्ठामा अल्झिरहेछु।”निला आँखा ,लामो केसराशी भएकी नैनाकला निर्धक्क आफ्नो कुरा राख्छिन्।
-अन्जु शर्मा
रातोपुल