आज मितिः २०८३ बैशाख ६ गते

आजदेखि जनकपुरधाममा साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव

गोदार ।-

जनकपुरधामको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रमा आजदेखि साहित्य, कला तथा नाट्य महोत्सव २०८० सुरु हुँदैछ । मैथिली भाषा, साहित्य, कला, संस्कृति, अर्थ र पर्यटन प्रवद्र्धनका विकासका निम्ति महोत्सव सञ्चालन गर्न लागिएको हो ।

आयोजक मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीले महोत्सवको सम्पूर्ण तयारी भइसकेको बताए । महोत्सव माघ २२ गतेसम्म चल्ने छ । महोत्सवमा करिब २० वटा विभिन्न विषयमा विमर्श गरिने जनाइएको छ ।

मधेस प्रदेश सरकारको उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय, जनकपुरधाम उपमहानगरपालिका र मैथिली विकास कोषको संयुक्त आयोजनामा सुरु हुन लागेको सांस्कृतिक झाँकी, मिथिला चित्रकला कार्यशाला तथा प्रदर्शनी, बहुभाषिक नाटक, मिथिला भोजन तथा पुस्तक प्रदर्शनी, स्कुलस्तरीय वक्तृत्वकला प्रतियोगिता पनि आयोजना हुने अध्यक्ष चौधरीले बताए ।

महोत्सवमा नेपाल र भारतका कलाकारले आठवटा नाटक प्रदर्शन गर्नेछ । पहिलो दिन ‘हिउँको पृथ्वी यात्रा’ दोस्रो दिन ‘तिनिता रङ्गीन, विरजु विल्टु आ बाबु’ तेस्रो दिनमा ‘मञ्च, काँट’ चौथो दिन ‘सामचको सामचको अविहा हे, दुःखहि जनम भेल’ र पाँचौँ दिन ‘जोगाड्’ नाटक मञ्चन हुनेछ ।

महोत्सवमा नेपाल भारतका मिथिला क्षेत्रका चर्चित रङ्गकर्मी तथा गायकको समेत प्रस्तुति रहनेछ । जसमा रञ्जना झा, प्रिया मल्लिक, सुनिलकुमार मल्लिक, आभाष लाभ, नवीन मिश्र, पुनम मिश्र, प्रियाराज, ललित कामत, नेहा प्रियदर्शनी, अमर आनन्द, हरिशङ्कर चौधरी, रविराज साह, सुभाष विरपुरिया, जुली झा रामनारायण ठाकुर, मोहित खण्डेवाल, हृदय रामयसहितको सहभागिता रहनेछ ।

नेपाल र भारतका विद्वान्, विदूषि, सामाजिक अभियान्ता, रङ्गकर्मी तथा राजनीतिकर्मीको सहभागिता रहने सो महोत्सवमा सङ्घीयता, भाषानीति, साहित्यका विभिन्न विधा तथा समाजको वर्तमान अवस्थाप्रति मन्थन हुने कोषका अध्यक्ष चौधरीले बताएका छन् ।

विसं २०५८ मा स्थापित कोषले प्रत्येक दुई वर्षको अन्तरालमा आयोजना गर्दै आएको महोत्सव २०७३ सालदेखि निरन्तर भइरहेको छ । महोत्सवमा रु ५२ लाख खर्च हुने अनुमान रहेकोमा रु २० लाख उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयले र रु आठ लाख उपमहानगर तथा बाँकी रकमको व्यवस्थापन कोषले गर्ने कोषका अध्यक्ष चौधरीले जानकारी दिए । रासस

 

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.