आज मितिः २०८३ बैशाख १० गते

ड्युटीमा रहेका प्रहरीमाथि कुटपिट

काठमाण्डौं-

रुकुम पश्चिमको बाँफिकोटमा कार्यरत प्रहरी जवान महेन्द्र बहादुर शाही र हिमराज खड्कामाथि कुटपिट भएको छ।

बाँफिकोट गाउँपालिका–३ स्यार्पुमा ड्युटीमा रहेका प्रहरीमाथि आइतबार बेलुका ७ बजेतिर कुटपिट भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको हो ।
बाँफिकोट गाउँपालिका–५ का ३४ वर्षीय हिरालाल केसी, बाँफिकोट गाउँपालिका-३ का २७ वर्षीय गोविन्द विक, वडा नम्बर-४ का २२ वर्षीय लक्ष्मण विक, २० वर्षीय सञ्जु खड्कालगायत १२(१३ जनाको समूहले प्रहरीमाथि कुटपिट गरेको हो।

उनीहरूले सामान्य विवादका कारण कुटपिट गरेको बताइएको छ। कुटपिटबाट प्रहरी जवान शाहीको ढाड र खड्काको टाउकोमा चोट लागेको छ। उनीहरुको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ।

कुटपिट गर्नेहरू फरार छन्।

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.