आज मितिः २०८३ बैशाख ८ गते

रुसी सेनामा कार्यरत थप ३ नेपालीको मृत्यु

काठमाडौं-

रूसी सेनामा कार्यरत थप तीन जना नेपालीको मृत्यु भएको परराष्ट्र मन्त्रालयले पुष्टि गरेको छ।

मन्त्रालय स्रोतका अनुसार स्याङ्जाका हरि अर्याल, धादिङका राजकुमार गिरी र कैलालीका भरतबहादुर शाहको मृत्यु भएको हो। यससँगै रूसी सेनामा भर्ना भई मृत्यु हुने नेपालीको संख्या ९ पुगेको छ।

यसअघि रुसी सेनामा कार्यरत ६ जना नेपाली नागरिकको मृत्यु भएको थियो भने एकजना युक्रेनी सेनाको बन्दी अवस्थामा रहेका छन्।

नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न र कुनै नेपाली नागरिकलाई भर्ना गरेको भए त्यस्ता नागरिकलाई तत्काल नेपाल फर्काउनसमेत नेपाल सरकारले रुसी सरकारलाई अनुरोध गरेको परराष्ट्रले जनाएको छ।

 

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.